सिन्धुली । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीले २ जना अनाथ बालबालिकालाई स्टेशनरी सहयोग गरेको छ । कमलामाई नगरपालिका वडा नं. २ का १३ वर्षिय उमालक्ष्मी गौतम र रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ५ का ९ वर्षिय दिपेश खड्कालाई स्टेशनरी सहयोग गरेको हो ।
इन्सेकले प्रति बालबालिका २३ वटा कपी, एकदर्जन पेनसिल, कलर पेन्सिल, इरेजर, कटर लगाएतका स्टेशनरी उपलब्ध गराएको हो । शैलशिखर अनाथालयमा बस्दै आएका ती बालबालिकालाई पढ्नका लागि उक्त सहयोग हस्तान्तरण गरिएको हो । अनाथालयका अध्यक्ष विष्णु प्रसाद देवकोटाको रोहबरमा जिल्ला स्तरीय मानव अधिकार सञ्जालका संयोजक द्वारिका काफ्ले र इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले सोमबार अनाथालयमै पुगेर सहयोग हस्तान्तरण गरेका छन ।
दुवै बालबालिका अविभावक विहिन बालबालिका हुन । उमालक्ष्मीको बाबुको मृत्यु भएको र आमाले अन्यत्रै विवाह गरेर गए पछि उनी अनाथ बनेकी हुन । उनी २०६८ साल माघ देखि शैलशिखर अनाथालयमा बस्दै आएकी छिन । यस्तै रामेछापका दिपेशका बाबुआमा दुवैको मृत्यु भएको र अति गरिब बालक हुन । दुवैले भगवति माविमा अध्ययन गरिरहेका छन । दुवैजनालाई विद्यालयले पढाई शुल्क लिदैन । अन्य खर्च अनाथालयले नै व्यवस्थापन गर्दै आएको छ ।




















