• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दनुवार समुदायको पहिलो मौलिक सांस्कृतिक मेला सम्पन्न

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर ४, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/ नेपालमै पहिलो पटक अति सिमान्तकृत दनुवार जातीको मौलिक कला, संस्कृती र संस्कारको संरक्षण र संवद्र्धनका लागि बड्की महोत्सव दुधौलीको हर्षाहीमा आयोजना गरिएको छ । बड्की एकादशी मेलाको उद्घाटन सोमबार ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले गरेका छन । आइतबार साँझदेखि सुरु भएको मेलाको उद्घाटन सोमबार गरिएको हो ।

दनुवार जागरण समिति सिन्धुलीको आयोजनामा भएको मेलाको अवसरमा दनुवार जागरण समितिको दोस्रो अधिवेशनको समेत उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुनले आफ्नै कार्यकाल भित्र सिन्धुलीलाई उज्यालो बनाउने उद्घोष गरेका छन । साँस्कृतिक रुपान्तरण गर्दै युग सुहाउदो बनाउन आवश्यक रहेको वताउँदै उनले बड्की एकादशिको अवसरमा दनुवार समुदायले आफ्नो झाँकी, भेषभुषा, संस्कृति हेर्न पाउँदा खुशी लागेको बताए ।

मेला सुरू भएको हो। अति सिमान्तकृत दनुवार जातीको मौलिक कला, संस्कृती र संस्कारको संरक्षण र संवर्द्धनका लागि मेलाको आयोजना गरिएको आयोजक तथा दनुवार जागरण समितिका अध्यक्ष तथा पूर्व सांसद विषमलाल अधिकारी दनुवारले बताए । दनुवार सांस्कृतिक महोत्सवमा सिन्धुली, उदयपुर, महोत्तरी, सर्लाही, काभ्रे लगायतका जिल्लाका दनुवार समुदायको सहभागीता रहेको छ ।

ठूलो एकादशीको अघिल्लो रातबाट सुरू हुने मेला ठूली एकादशीको भोलीपल्टसम्म अर्थात मंगलबारसम्म संचालन भएको छ । हरेक वर्ष यो मेला लाग्ने गरेको भए पनि महोत्सवका रुपमा भने यो पहिलो पटक मेला लागेको दुधौली नगरपालिकाका उपमेयर तथा दनुवार समाजकी अगुवा बालकुमारी अधिकारी दनुवारले बताइन । मेलामा दनुवार समुदायको पहिचानका रुपमा रहेका सामग्रीहरु, कला संस्कृतिहरुको समेत प्रदर्शन गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बड्की एकादशी मेलामा विशेष गरेर दनुवार समुदायका अविवाहित महिलाले तीन दिनसम्म निरहार ब्रत बसी सुयोग्य वर प्राप्तिको कामना गर्छन् । साथै उनीहरु आफू र परिवारमा शुख र शान्तिको कामना पनि गर्छन् । ‘हाम्रो समुदायमा बड्की एकादशी सबैभन्दा ठूलो पर्व हो । यस पर्वमा कमला बगरमा मेला लाग्ने गर्छ । सबै दनुवार समुदाय ब्रत बसेर पूजाआजा गर्छन,’ उममेयर अधिकारीले भनिन, ‘एकादशीको भोलीपल्ट बिहान १० बजे कमला नदीमा पाँचवटा अमला टोकेर बगाएपछि मेला तथा सांस्कृतिक पर्व सम्पन्न हुन्छ । अमला नभए पाँचवटा ल्वाङ टोकेर फ्याकिन्छ ।’ व्रतको समापनमा अमला टोकेर फाल्नुलाई यस समुदायले पारन गरेको भन्ने चलन छ । सांस्कृतिक मेलामा दनुवार समुदायले संविधानमा व्यवस्था भएको दनुवार स्वायत्त क्षेत्रको कार्यान्वयनका लागि एक भएर संगठित हुन आग्रह गरिएको छ ।

सिन्धुलीको दुधौली तथा कमलाखोच क्षत्रमा मात्र २० हजार दनुवार समुदायको बसोबास रहेको छ । दुधौली नगरपालिका आदीवासी जनजाती दनुवार समुदायको आदिम स्थल हो । देशभर ८४ हजार १ सय १५ जना दनुवारको संख्या रहेको छ । देशैभरको तथ्याङ्कअनुसार सबैभन्दा बढी सिन्धुलीमा २० हजार, उदयपुरमा १८ हजार दनुवार समुदायको बसोबास छ । देशैभरमा ५३ वटा जिल्लामा दनुवारको बसोबास रहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

उमा वादी विश्वकी दशौं प्रभावशाली महिला

Next Post

सार्वजनिक सुनुवाई सम्पन्न, पुसदेखि ऐलानीको समस्या समाधान गर्न सुरु हुुन्छ : उपमेयर

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied