सिन्धुली । गोलञ्जोर गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीलाई हटाउने निर्णय गरेको प्रति शिक्षक संगठनहरु विरोध गरेका छन ।
गोलञ्जोर गाउँ कार्यपालिकाको बैठकले भदौ ७ गते गाउँपालिका भित्रका केही शिक्षक र कर्मचारीलाई हटाउने सहितको निर्णय गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमवार संयुक्त विज्ञप्ती निकाल्दै त्यसको विरोध गरेका हुन ।
दुई शिक्षक संगठनहरुले यदी गाउँ कार्यपालिकाले आफुहरुको मागलाई वेवास्ता गरे आफुहरु चरणवद्ध आन्दोलनमा उत्रने उनीहरुले चेतावनी समेत दिएका छन ।
संगठनहरुले राजनीतिक आस्थाका आधारमा शिक्षकहरुमाथि भेदभाव गरिएको भन्दै त्यस्तो गतिविधि रोक्न माग गरेका छन । संगठनले मासिक भत्ता लगायतको सेवा सुविधा बृद्धि गर्न समेत माग गरेको छ ।
उनीहरुले शिक्षक संघ संगठनहरुलाई गाउँपालिका स्तरिय शिक्षा समितिमा एक जना स्थायी प्रतिनिधीको व्यवस्थागर्न पनि माग गरेका छन । यूएन्टोका अध्यक्ष सन्तोषकुमार बोहोरा, एनएनटिएका अध्यक्ष राजनप्रसाद दाहाल, यूएन्टोका सचिव दिनेश प्रसाद कोईराला, एनएनटिएका सचिव खिलदेव श्रेष्ठद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा श्रोत व्यक्ति माथिको हस्तक्षेप बन्द गर्दै शिक्षक दरबन्दी मिलानमा शिक्षकका पेशागत संस्थाको समान प्रतिनिधित्व र समावेशीको आधारमा हुनुपर्ने माग गरेका छन् ।
बाल विकास, विद्यालय कर्मचारी र विद्यालयका सहयोगी, कर्मचारीलाई पोशाक भत्ता र खाइपाई आएको तलवमा मासिक न्यूनतम ५ हजार तलवको थप व्यवस्था गरी विद्यालयका प्रध्यानाध्यापक प्रावि तहमा १ हजार निमावि तहमा २ हजार र मावि तहमा ३ हजार भत्ताको व्यवस्था मिलाउन पर्ने विज्ञप्ती मार्फत माग गरिएको छ ।




















