सिन्धुली । अन्तराष्ट्रिय युवा दिबस सिन्धुलीमा पनि मनाईएको छ । दिवसको अवसरमा सिन्धुली जिल्लामा ६ जना युवाहरु सम्मानित भएका छन । विभिन्न क्षेत्रमा क्रियाशिल रही समाजलाई योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेमा पत्रकार, महिला अधिकारकर्मी, सांस्कृतिक कला, साहित्य उद्यम ब्यबसाय र खेलकुदको क्षेत्रमा काम गर्दै आएका ६ विधाका एक एक जना गरी ६ जना सम्मानित भएका हुन् ।
पत्रकार तर्फ अन्नपुर्णका जिल्ला संवाददाता राजन गाँउले, महिला अधिकारकर्मीमा शुसिला थिङ, सांस्कृतिक कलामा प्रगतिशिल प्रतिभा केन्द्रका सुमन थापा मगर, साहित्यमा गोपी थापा मगर, उद्यम व्यवसायमा संजिब सुन्दास र खेलकुदमा ट्रन बम्जन सम्मानित छन् । आ आफ्नो क्षेत्रमा सक्रिय भएर उत्कृष्ट काम गरिरहेका ६ जनालाई थप प्रोत्साहन गर्दे निरन्तर काम गरि रहन उत्साहित बनाउने उद्धेश्यले सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रगतिशिल प्रतिभा केन्द्रका युवाहरुले सांकेतिक झलक प्रदर्शन मार्फत युवाहरुको समस्याहरु राखेका थिए । प्रतिभा केन्द्रका कलाकारले राजनितीमा युवाको गतल प्रयोग गर्ने, युवाहरुलाई आफ्नो निर्णय आफै गर्न नदिने, सानो उमेरमा बिवाह गरि दिने, लागुपदार्थ कुलत जस्ता बिकृतिहरुमा दैनिक रुपमा युवाहरुको सहभागिता बढ्दै गएकोले त्यसको समाधानको लागि, स्थानीय तहका जनप्रतिधी, नागरिक समाज, बिभिन्न गैरसरकारी संघ संस्था र सम्बन्धित सरोकारवालाहरु लाई सचेत गराउदै त्यस्ता समस्याहरु समाधानको लागि जवाफ मागेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रदेश सांसद लेखनाथ दहाल राजनले युवालाई लक्षित गरेर बिभिन्न खालको परियोजनाहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले त्यसमा युवाहरुले अनिबार्य रोजगारी पाउने बताउदै युवालाई सिप आर्जन गर्न आग्रह समेत गरे । रोजगारी जिम्मा राज्यको भएकोले त्यस्ता खालको नीति नियम समेत बनाउने बताए ।
जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्माले युवाहरु नै देश निर्माणका आधार भएकाले युवामैत्री कार्यक्रम संचालनमा राज्य गम्भिर रहेको बताए । अहिले आफूले एउटा तहको सर्टिफिकेट प्राप्त गरिसकेपछि विदेशिने प्रचलन रहेकाले विदेश जानुभन्दा स्वदेशमै उद्यमी बन्ने युवालाई राज्यले सदैव सहयोग गर्ने उनको भनाइ छ ।
कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देबकोटाले युवाहरुलाई लक्षित गरि कमलामाई नगरपालिले शिक्षा र कृषी क्षेत्रमा बिषेश ध्यान दिएर आफुहरुले त्यस्ता खालको ऐन बनाएर काम गरिरहको बताए । कार्यक्रममा स्थानिय तहले युवा लक्षित स्वरोजगार कार्यक्रम ल्याउदै वास्तबिक युवाहरुलाई पहिचान गरि बजेट र कार्यक्रम सञ्चालन गर्न युवाहरुले सुझाब दिएका थिए ।




















