• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पहिरोको जोखिममा बिपी राजमार्ग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन १३, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मापदण्ड विपरीत स्थानीय निकायमा निर्माण गरिएको ग्रामिण सडकको कारण बिपी राजमार्ग जोखिममा परेको छ । बिपी राजमार्गको धुलिखेल–नेपालथोक सडक निकै जोखिमा परेको छ । ठाउँठाउँमा पहिरो खस्ने र बाढी आउने कारणले गर्दा सवारी साधन घण्टौ जाममा बस्न बाँध्य भएका छन् । साँघुरो सडक भएको कारण सडक अवरुद्ध हुँदा सयौ सवारी साधन अलपत्र पर्ने गरेका छन् ।
राजधानी काठमाडौं जोडने वैकल्पिक राजमार्गको रुपमा रहेको बिपी राजमार्ग पनि जोखिममा पर्नुको मुख्य कारण बनेको छ मापदण्ड विपरीत निर्माण गरिएका ग्रामिण सडक । सडक निर्माण गरिए पनि नालाको उचित निकास नहुँदा ठूलो पानी पर्ना साथ बिपी राजमार्ग अवरुद्ध हुने गरेको छ ।

बर्षाको समयमा अनियन्त्रित रुपमा निर्माण भएको ग्रामिण सडकको कारण ठाउँठाउँमा सडक अवरुद्ध हुने क्रम बढेको छ । मुगलिनमा जाम हुँदा बिपी राजमार्ग हुँदै सवारी साधनहरु सञ्चालन हुने गरेका छन् । तर बिपी राजमार्गमा पनि ठाउँठाउँमा पहिरो खस्ने, भेल आउने कारणले गर्दा अवरुद्ध हुने क्रम बढेको छ ।

काभ्रेको रोशी खोला, सिन्धुलीको सुनकोसी नदीको किनारै किनार सिन्धुलीगढी हुँदै वर्दिवास जोडिएको बिपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीको दजनौ स्थानमा बर्षाको समयमा ढुंगा माटो सहितको खहरे आउदा सवारी आवतजावत अवरुद्ध हुने गरेको छ ।
स्थानीय तहमा सरकार गठन भएसँगै सबै भन्दा बढी लगानी सडक निर्माण भएको कारण पनि पछिल्लो बर्षमा बिपी राजमार्गमा माथिल्लो भागबाट लेदो आएर पुर्ने र सडक अवरुद्ध हुने गरेको रोशी गाउँपालिका स्थानीय चन्द्र तामाङ बताउछन । माथिल्लो भागबाट आउने लेदोको कारण बिपी राजमार्गको कालोपत्रे समेत भत्काउन थालेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

साँघुरो सडकमा पहिरो खस्दा सडक अवरुद्ध हुँदा घण्टौ ट्राफिक जाम हुने गरेको छ । बिपी राजमार्गमा अन्तर्गत पर्ने खहरे खोला र नयाँ सडक निर्माण गरिएको स्थानबाट सडकमा ढुंगा मोटो थुप्रिने गर्दा सर्वसाधारण यात्रुलाई सास्ती हुने गरेको छ । बिपी राजमार्गको एक दर्जन भन्दा बढी स्थानमा खहरेले दुःख दिने गरेको छ । बर्षाको समयमा पानी पर्नासाथ खहरे बढेने र साना सवारी साधान सञ्चालनमा कठिनाई हुने गरेको सवारी चालक पदम जोशी बताउछन ।स्थानीय तहको सरकार गठन भएपछि गाउँगाउँमा विकास निर्माण भनेकै सडक निर्माण हो । स्थानीय तहले अधिकाशं बजेट सडक निर्माण र स्तरउन्नतीको काममा खर्चिएका छन् । सडक निर्माणको नाममा मापदण्ड विपरीत खनिएको सडकको कारण जोखिम पनि उत्तिकै बढदै गएको छ । गाउँघरमा खनिएका सडकको कारण मुख्य राजमार्गलाई समेत असर गरेको भन्दै स्थानीयले चिन्ता समेत व्यक्त गर्न थालेका छन् ।

नयाँ सडक निर्माण गर्दा नालाको व्यवस्था नहुनु, मापदण्ड विपरीत नै सडक निर्माण गर्दा अहिले सामान्य पानी पर्दा समेत मुख्य राजमार्ग अवरुद्ध हुने गरेको छ । बिपी राजमार्ग पनि यसबाट अछुतो हुन सकेको छैन् । बिपी राजमार्गको दजनौ स्थानमा माथिबाट आएको भेलको कारण अहिले सडक अस्तव्यस्त बन्ने गरेको छ । बिपी राजमार्गको धुलिखेल–नेपालथोक खण्डको तीन स्थानमा भने बर्षाको समयमो सडक अवरुद्ध हुने गरेको छ ।

दुर्घटना पछिको सवारी जाम

सडक विभागले बर्षाको समयमा उर्लिने खहरेमा पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । बिपी राजमार्गको नेपालथोक–धुलिखेल सडक खण्डको माम्तीमा पक्की पुलको अवधारणा अगाडि सारेको छ । माम्ती खोलमा पक्की पुल नहुँदा बर्षाको समयमा सर्वसाधारण यात्रुहरुले निकै ठूलो सास्ती खेप्दै आएका छन् ।

सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले तीन स्थान मध्ये एक स्थानमा मात्र पक्की पुल निर्माण गर्न सकिने सम्भावना रहेको बताउदै प्रक्रिया अगाडि बढेको बताए । उनले भने,‘राजमार्ग अवरुद्ध भएमा तत्काल सञ्चालन गर्नको लागि हामीले मेसिन तयारी अवस्थामा राखेका छौ ।’

राजमार्ग अन्गर्तत खहरे खोला मानिने भ्याकुरे खोला र कालोढुंगा भने पुल निर्माण गर्दा सडक तल पर्ने भएको कारण अन्य वैकल्पिक व्यवस्था खोज्नु पर्ने बताउदै प्रमुख महर्जनले ग्रामिण क्षेत्रमा अन्धाधुन्ध सडक निर्माण गर्दा राजमार्गमा जोखिम बढेको बताउछन । महर्जनले बर्षाको कारण आउन सक्ने सम्भावित बाढी पहिरो पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको बताउदै भने,‘पानी पर्ने वित्तिकै राजमार्गलाई अवरोध पु¥याउने गरी लेदो र खहरे खोलामा बाढी आउने गरेको छ,सर्वसाधारणले सहज रुपमा आवतजावत गर्न पाउने गरी हामीले एउटा मेसिन सम्भावित स्थलमा नै राखेका छौ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार बिपी राजमार्गमा साना ठूला गरी दैनिक तीन हजार भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सवारी दुर्घटना धेरै हुने जिल्लामा सिन्धुली चौथो नम्बरमा

Next Post

गर्भ जँचाए बापत पाँचसय भत्ता

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied