सिन्धुली । मंगलबार लागु औषध दुरुपयोग तथा अवैध ओसार प्रसार विरुद्धको अन्तराष्ट्रिय दिवस सिन्धुलीमा मनाईएको छ । ‘स्वस्थ्य सवल र समृद्धि नेपालको प्रतिबद्धता, लागु औषध विरुद्ध ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा ¥याली तथा सभाको आयोजना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयको परिसरबाट सुरु भएको ¥याली दुई नम्बर बजार हुदै सभागृह हलमा पुगेर सभामा परिणत भएको थियो । सभालाई संवोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज बर्मा तिवारीले लागु औषध नियन्त्रण गर्ने निकायले यसतर्फ ध्यान दिनुपर्ने बताउँदै स्थानीय जनप्रतिनिधिलाई लागु औषध विरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए ।
यस्तै कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले सवैले लागु औषध प्रयोग तथा ओसारपसार गर्नेलाई निरुत्साहित गरि समाजलाई सभ्य बनाउनु पर्ने बताए । २०१३ को सर्वे रिपोर्टमा ५२ पैतिशत विद्यार्थी लागु औषधको प्रयोगकर्ता भएको र सवैले नखाने प्रतिबद्धता जनाउनु पर्ने बताए ।
यस्तै सुर्योदय मावि रातमाटामा अध्ययनरत छात्रा सृष्टि गौतमले विद्यालयमा लागु औषध सेवन गर्न नहुने भनेर अध्ययन गरे पनि व्यवहारमा नउतार्ने गरेको पाईएको बताइन ।
यस्तै लागु औषधको सेवन गर्नेहरुका लागि महोत्तरी लगाएत छिमेकी जिल्लामा सुधार केन्द्र नभएकाले सिन्धुलीमा सुधार केन्द्र आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी जोसीले बताए । लागु औषध दुरुपयोग तथा अवैध ओसार प्रसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको ¥यालीमा जनप्रतिनिधि, विद्यार्थी, महिला सञ्जाल, प्रहरी, नागरिक समाजका प्रतिनिधि लगाएत स्थानीयको सहभागिता रहेको थियो ।





















