• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बजेट विनियोजनमा वडाध्यक्षको मनोमानी उपेक्षित महिला तथा दलित महिला सदस्यहरु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

बिमला पाण्डे

सिन्धुली । कमलामाई नगरपालिकाको बजेट विनियोजन तथा योजना छनौटको चरण सकिन लाग्दा महिला सदस्य तथा दलित महिला सदस्यहरुले बजेट विनियोजनमा सहभागिता जनाउन नपाएको गुनासो गरेका छन । वडाध्यक्षहरुले आफुहरुलाई बजेट विनियोजनमा सहभागि नगराएको भन्दै उनीहरुले गुनासो गरेका हुन ।

ओरेक नेपालको सहकार्यमा क्रियाशिल पत्रकार महिला सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको आव २०७५÷०७६ को कार्यक्रममा महिला सहभागिता विषयक अन्तरक्रियामा महिला सदस्यहरुले यस्तो गुनासो गरेका हुन ।

कमलामाई नगरपालिका वडा नं. ५ की सम्झना रोकायाले बजेट विनियोजनको बैठक नै गुमराहमा राखेर माइनोटमा सहि गराएको बताईन । गाउँ र वस्ती स्तरको योजना छनौटमा सहभागि भएकी उनी योजना छनौटपछि बजेट विनियोजन गर्ने बेला बजेटबारे जानकारी लिन समेत नपाएकोमा दुःख लागेको बताईन । ‘अध्यक्षको मनोमानीमा बजेट विनियोजन भयो, हाम्रो बुझ्न पाउने अधिकार हनन भएको छ ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै वडा नं. ४ की वडा सदस्य तथा कार्यपालिका सदस्य शिवकुमारी रायमाझीले पनि वडाको बैठकमा वडाध्यक्ष नवोलाउने गरेको बताईन । कार्यपालिका सदस्यको वडाको काममा कुनै भूमिका नहुने भन्दै वडाध्यक्ष बैठकबारे जानकारी समेत नदिने गरेको उनले बताईन ।
यस्तै कनपा ६ की दलित महिला सदस्य तारादेवी वि.कको पनि गुनासो देखियो । महिला सहितका लक्षित वर्गका लागि योजना छनौट गरिएको भए पनि बजेट तर्जुमा भने नगरिएको उनको भनाई छ । यसैगरि वडा नं. ८ की महिला सदस्य एवम् कार्यपालिका सदस्य मिठू दर्लामीले पनि वडास्तरीय योजना छनौट गरिएको तर बजेट नछुट्याइएको बताईन । उनले कार्यपालिका सदस्य बैठकमा सहभागि नगराउन नगरपालिका मेयरकै वडालाई निर्देशन भएको वडाध्यक्षबाट जानकारी पाएको पनि बताईन । ‘हामी पहिले वडा सदस्य हो, त्यसपछि कार्यपालिका सदस्य । वडाको जिम्मेवारी निभाउन पाउनुपर्छ ।’

यता कनपा ११ की दलित महिला सदस्य रेशममाया विकको गुनासो पनि उस्तै पीडादायक देखिएको छ । चालु आर्थिक वर्षको बजेट स्थानीय सहकारीमा हालेको तर दलित समुदायले ऋण समेत लिन नपाएको उनको दुखेसो छ । पीछडिएका दलित महिलाका लागि कार्यक्रम लानै कसैले नमान्ने उनको गुनासो छ ।

वडाका सबै काममा वडाध्यक्षले हस्तक्षेप गर्ने गरेका कारण वडाका महिला सदस्यहरु ओझेलमा परेका छन । अझ उनीहरुसँग माइनुट पढेर हस्ताक्षर गर्ने क्षमता समेत देखिदैन । जे निर्णय लेखेर हस्ताक्षर गर्नु भन्यो त्यहि सहि गर्ने गरेको पाईएको सर्च फर कमन ग्राउण्डका कार्यक्रम संयोजक बिमला कडायतले बताईन । जनप्रतिनिधिहरुसँग जिल्लाका तीनवटा पालिकामा काम गरिरहेको आफ्नो संस्थाले धेरै महिला जनप्रतिनिधिहरु निर्णय प्रक्रियामा सहभागि नहुने गरेको र माइनुट नै नपढी सहि गर्ने गरेको पाएको बताईन । उनका अनुसार महिला जनप्रतिनिधिहरु अधिकांशले पढ्न नजान्ने अवस्थाका रहेकाले झनै समस्या रहेको छ ।

कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाले वडाको बैठकमा सहभागि नभई र निर्णयमा चित्त नबुझेमा हस्ताक्षर नगर्न जनप्रतिनिधि महिलालाई सुझाव दिएकी छिन । उनले भनिन ‘निर्णय चित्त नबुझे नोट अफ डिसेन्ट लेख्नुहोस, सहि नगर्नुहोस । सहमति बेगर आएका निर्णय नगरपालिकालाई स्वीकार्य हुनु छैन ।’

देवकोटाले महिलाका उत्थानका लागि लैंगिक रणनैतिक योजना बनाउन थालिएको बताइन । उनले गत वर्ष महिला लक्षित बजेट नछुट्याउँदा नगरपालिका नै विवादित बनेको भन्दै अबको आवमा त्यस्तो नहुने पनि बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

भदौमा ‘चङ्गाचेट’ आउने

Next Post

पारदर्शी, जवाफेहि र समन्वयात्मक भूमिका निभाउन प्रतिवद्धता

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied