सिन्धुली । विहिबार दिउँसो सुनकोशी गाउँपालिका ६ खहरेमा स्कारपियो ठोक्किदा २ जना घाइते भएका छन । काठमान्डौबाट रामेछापको मन्थली जाँदै गरेको ना१ज४९४६ नम्वरको स्कारपियो अनियन्त्रित भई भित्तामा ठोकिदा रामेछापको मन्थली नगरपालिका १० का २२ वर्षिय नविन बोहरा र दोरम्बा गाउँपालिका वडा नं. ६ का ४५ वर्षिय इन्द्रमाया घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइते दुवै जनाको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भईरहको र दुवै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।



















