सिन्धुली । जिल्ला बाल सञ्जाल सिन्धुलीको शनिबार सम्पन्न अधिवेशनले संगित श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । जिल्ला बाल सञ्जालका अध्यक्ष रामकाजी घलानको अध्यक्षता तथा सांसद हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
सञ्जालको उपाध्यक्षमा भुवन वि.क, सचिवमा जनकराज पहाडि, सहसचिवमा विष्णुमाया योञ्जन र कोषाध्यक्षमा अमृता कार्की चयन भएका छन । यस्तै सदस्यमा समर्पण नेपाल, प्रमिला स्याङताङ, संगिता रम्तेल, उज्जवल बराल, सन्तलाल श्रेष्ठ र रंगिला नायक चयन भएका छन ।




















