सिन्धुली । अखिल क्रान्तिकारी र वाईसियल नेपालले ११ औँ गणतन्त्र दिवसका अवसरमा रत्तदान क्रार्यक्रमको आयोजना गरेका छन ।
वाईसियल नेपालका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षता तथा तीन नम्वर प्रदेशका सासंद राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका विभिन्न जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधी , नेपाल रेडक्रस सोसाईटि सिन्धुलीका सभापति अशोक श्रेष्ठ, पत्रकार महासंघ सिन्धुलीका सचिव विदुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी दाहालले १० वर्षिय जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त धर्मनिरपेक्ष राज्य, संघिय लोकतान्त्रिक शासन व्यवस्था लगायतका उपलव्धीहरु प्राप्त भई सकेकाले अबको लडाई भनेको सबृद्ध राष्ट्र निर्माण गर्ने नै रहेको बताए ।
नेपालमा गणतन्त्र स्थापना गर्नका लागी हजारौँ नेपाली सपुतहरुले रगतको खोला बगाएको स्मरण गर्दै गणतन्त्र दिवसको दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य उत्तम पहाडीले बताए ।
रक्त दान कार्यक्रममा विद्यार्थी, युवा र नेपाली सेवाका अधिकृत तथा जवानहरु समेत गरी ४० जनाले रक्तदान गरेका छन ।





















