• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

मोवाइल मर्मत सम्बन्धी आधारभूत तालिम लिँदै १० युवा, राज्यले युवामा लगानी गर्न कन्जुस्याँइ गरेको यादवको गुनासो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ ८, २०७५
in Education, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सरोज खतिवडा
सिन्धुली । राज्यले युवाहरुमा लगानी गर्न कन्जुस्याइँ गरेको जिल्ला युवा समिति सिन्धुलीका कार्यालय प्रमुख सत्रुधन यादवले बताएका छन् । राज्यले युवामैत्री योजना भनेर हल्ला धेरै गर्ने गरे पनि व्यवहारमा भने लागु नभएको उनको गुनासो गरे ।
युवाहरुलाई विदेशिनबाट कम गर्नका लागि राज्यले ल्याएको युवामैत्री कार्यक्रमले सम्पूर्ण युवाहरुलाई समेट्न नसकेको भन्दै कार्यक्रमलाई स्तरीय र विस्तृत योजनासहित ल्याउनु पर्ने उनको भनाई छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद् अन्तर्गत जिल्ला युवा समिति सिन्धुलीमा हाल १० जना १६–४० वर्ष उमेर समुहका युवाहरु आधारभूत मोवाइलत मर्मत तालिम लिइरहेका छन् । यसले सिन्धुलीका १ प्रतिशत बेरोजगार युवाहरुलाई पनि समेट्न नसक्ने भन्दै उनले राज्यले युवामैत्री कार्यक्रम तर्जुमा गर्दा देशमा युवाहरुको स्थितीलाई मध्यनजर गरेर गर्नुपर्ने धारणा राखे ।
सिन्धुली जिल्लाका सन्दर्भमा यो तालिमको कोटा कम्तीमा एक पटकमा १०० जान हुनुपर्ने उनको भनाई छ । आवेदन दिएका हरुमध्येबाट जिल्ला युवा समितिको बैठकबाट लक्ष्यीत समूह तथा अन्य विपन्न समुदायका १० जनालाई छनौट गरिएको उनले जानकारी दिए ।
वैशाख २४ गते असार मसान्तसमम्म चल्ने तीन महिने तालिममा हाल ८ जना पुरुष र २ जना महिलाले तालिम लिइरहेका छन् । पहिलो वर्षमा सञ्चालित आधारभूत सिलाई कटाई तालिममा तालिम लिएका मध्ये ७० प्रतिशतले आफ्नो सीपलाई प्रदर्शन गरेर जीविकोपार्जन गरिरहेको र ३ जनाले त ब्यावसायिक रुपमा नै सिलाईकटाई व्यवसाय सञ्चालन गरिरहेको उनको भनाइ छ । सीपलाई व्यवसायिकरण गरेका तीन जनालाई युवा समितिले माथिल्लो तहको सीप समेत सिकाइरहेको उनको भनाइ छ ।
यसैगरी जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष संजयकुमार दाहाल युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न युवा समितिले विभिन्न सीपहरु सिकाइरहेको बताएका छन् । युवाहरुलाई विभिन्न सीपहरु प्रदान गरेर उक्त सीपको प्रदर्शन गरी जीविकोपार्जन गर्न सक्षम बनाउन सकेको खण्डमा मात्रै आफूहरुको तालिमको औचित्य पुरा हुने उनको भानइ छ ।
आधारभूत तालिम लिइरहेका गोलञ्जोर ५ का राजेश थापा जिल्ला युवा समितिले आफ्नो बच्चादेखीको चाहना पुरा गर्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्छन् । तथापी प्रयोगात्मक क्रियाकलापका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीहरुको अभाव हुँदा तालिम लिन समस्या परिरहेको उनले बताए । यस्ता आधारभूत कुराहरुको व्यवस्थापन गर्न तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण भइदिए आफूहरुले अझ सहज रुपमा सिकेको कुराहरु प्रयोगात्मक रुपमा प्रदर्शन गर्न सक्ने उनको भनाइ छ ।
यस्तै तालिम लिइरहेर्की अर्की प्रशिक्षार्थी दिल कुमारी आले आफूले सोचेअनुरुप नै तालिम सञ्चालन भइरहेको बताइन् । यही क्षेत्रमा नै आफूले काम गर्ने सोच बनाएको बताउँदै युवाहरुलाई देशभित्रै स्वरोजगार बनाउन राज्यले अझ माथिल्ला तहका विस्तृत कार्यक्रमहरु ल्याउनु पर्ने बताइन् ।
यसैगरी तालिमका प्रशिक्षक गणेश प्रसाद आचार्य प्रशिक्षार्थीहरुले आफूले सिकाएको कुरालाई उत्साहजनक रुपमा व्यवहारमा उतार्दै गएको बताउँछन् । अधिकांश प्रशिक्षार्थी विद्यार्थीहरु भएकाले परीक्षा चलिरहेको समयमा उपस्थित हुन नसकेको खण्डमा पनि अन्य साथीहरुसँग सहकार्य गरेर अगाडी बढिरहेको बताए ।
व्यवस्थापकीय पक्षमाथि असन्तुष्टि जनाउँदै उनले कक्षाकोठाको आकार सानो भएकाले प्रयोगात्मक कक्षा सञ्चालनका लागि समस्या हुने गरेको र अत्यावश्यक सामग्रीहरु पनि कम भएको हुँदा समस्या पर्ने गरेको उनले बताए ।
व्यवस्थापकीय पक्षहरुमा कमजोरी भएको कुरालाई कार्यालय प्रमुख यादव स्वीकार गर्दछन् । राज्यले तालिम सञ्चालनका लागि अनुमति दिनेबित्तिकै तालिम सुरु गरिहालेको बताउँदै उनले बजेट स्वीकृत भएपछि यस्ता समस्याहरुको समाधान हुने बताए ।
युवा स्वरोजगारका क्षेत्रमा राज्य संवेदनशील बन्दै युवाहरुलाई देशमै स्वरोजगारउन्मुख सीपहरु सिकाउन राज्यले आफ्नो महत्वपूर्ण भूमिका निभाउनु आजको आवश्यकता बनेको छ । यसले युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरुको बैदेशिक यात्रालाई कम गर्न देशलाई समृद्धीको यात्रामा अगाडी बढ्न सहयोग गर्दछ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

समाज र महिला उद्यमी व्यवसायीका लागि काम गर्छु

Next Post

स्वास्थ्य सञ्जालको अध्यक्षमा दाहाल

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied