सिन्धुली । नेपाल टेलिकमको टावर नजिक शुक्रबार एक शक्तिशाली कुकर बम बिष्फोट भएको छ । सुनकोशी गाउँपालिका १ दुम्जा डाँडा स्थित वि.पि.पार्कमा रहेको नेपाल टेलिकमको टावर कम्पाउण्ड भित्र रहेको पक्की घरको झ्यालमा कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अपरिचित समुहले कुकर बम विस्फोट गराइएको सिन्धुलीका प्रहरी नयव उपरीक्षक चिरन्जिवी दाहालले जानकारी दिनु भएको छ ।
शुक्रबार विहान करिव ३ बजेतिर विस्फोटको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको पुष्टि गरेको छ । उक्त घटना स्थलमा पिपुल विब्रेसन आर्मी लेखेको जनमुक्ति सेना लेखेको पर्र्चा पम्प्लेट समेत फेला परेको छ । विस्फोट स्थलमा दुईवटा पेट्रोलको बोटल समेत फेला पारेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी चिरञ्जीवि दाहालका अनुसार विष्फोटबाट टेलिकमको टावरमा क्षति नभएको, भवनको झ्यालको भागमा सामान्य क्षति पुगेको छ । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य सुरु भईरहेको प्रहरीले जनाएको छ ।





















