सिन्धुली । मदनभण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. १३ माथिल्लो रानीबासमा सवारी दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट आउँदै गरेको म.प्र.०४–००१क००५१ नम्बरको ट्रक र विपरित दिशाबाट आईरहेको वा९२प६५६२ नम्बरको मोटरसाईकल ठोक्किदाँ दुर्घटना भएको थियो ।
दुर्घटनामा परि घाईते भएका मोटरसाईकल चालक सर्लाहिको हरिवन नगरपालिका वडा नं. ७ का ३० वर्षिय रिद्धि बहादुर मिरिङसिङको उपचारका लागि सिन्धुली अस्पताल लाँदै गर्दा बाटो मै मृत्यु भएको हो ।
मिरिङसिङलाई उपचारको लागि सिन्धुली अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




















