सिन्धुली । आठ मार्च अर्थात ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जिल्ला समन्वय समिति सिन्धुलीले विहिबार महिला अधिकारका क्षेत्रमा क्रियाशिल जिल्लाका संघसंस्थाहरुलाई सम्मान गरेको छ ।
जिल्लामा महिला अधिकार र न्याय स्थापनामा महत्वपूर्ण भूमिका खेलेका संस्थाहरुलाई सम्मान गरिएको हो ।
जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीको अध्यक्षता तथा वागमति प्रदेशसभा सदस्य सुस्पा भुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्रियाशिल पत्रकार महिला सिन्धुली, सिन्धुली अपांग महिला संघ सिन्धुली, रिलिफ नेपाल सिन्धुली, एकद्धार संकट व्यवस्थापन केन्द्र सिन्धुली, सेफ हाउस सिन्धुली र जिल्ला लघु उद्यमी समूह संघ सिन्धुलीलाई सम्मान गरिएको हो ।
सो अवसरमा समन्वय समितिले महिला दिवसका अवसरमा सरोकारवालासँग अन्तक्र्रिया समेत गरेको छ ।






















