सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ को वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । वडा कार्यालयले मंगलबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको हो । यस अघि वडा कार्यालय भाडामा बस्दै आएको थियो ।
स्थानीय तह भएको ७ वर्षमा वडा कार्यालयले भवन निर्माण सम्पन्न गरि वडा कार्यालयबाट सेवा दिन सुरु गरेको हो ।
मधुटारमा निर्माण भएको उक्त भवन सघन शहरी विकास कार्यालयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको थियो । करीव १ करोड ३० लाख लागतमा निर्माण भएको उक्त भवन केहि दिन अघि निर्माण व्यवसायीले वडा कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
निर्माण अवधि भन्दा ९ महिना अगावै सम्पन्न उक्त भवन स्लेट सिर्जना रामबोले जेभिले निर्माण गरेको थियो । भवनको उद्घाटन गर्दै वडा अध्यक्ष पूर्ण बहादुर खड्काले सेवा सुचारु गरेका हुन ।
वडा अध्यक्ष खड्काले समयमै भवन निर्माण सम्पन्न गरेकामा निर्माण व्यवसायी उद्धव दाहाल लगाएत सबै सरोकारवालालाई धन्यवाद दिए ।





















