सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काममा अवरोध आएपछि आयोजनाले क्षमापूजा गरेको छ ।
प्राविधिक प्रयाससँगै क्षमापूजा समेत गरेका आयोजनाले जनाएको छ । आयोजनाका सरकारी अधिकारीहरु, निर्माण कम्पनी चाईना कोभेक्स र स्थानीयले आयोजनाको सुरुवात स्थल कमलामाई नगरपालिकाको कुसुमटारमा क्षमापूजा गरिएको हो ।
विश्वकर्माबाबा, कालीमाई, कमलामाई, सिद्धवावा, भद्रकाली, गणेश मन्दिर लगाएतका जिल्लाका शक्तिपीठको सम्झना गर्दै क्षमापूजा गरिएको हो ।
पुरोहित पढाएर हिन्दु धार्मिक परम्परा अनुसार क्षमापूजा गरिएको आयोजना प्रमुख मित्र बरालले बताए । उनले प्राविधिक प्रयाससँगै क्षमापूजा समेत गरिएको बताए ।
सुनकोशी मरिण डाईभर्सनको सुरुङ निर्माणको काम छैटौं पटक अवरुद्ध छ । पहिरो हटाउन नसकेपछि आयोजनाले अन्तराष्ट्रिय विज्ञ प्राविधिकहरु ल्याएर सुरुङ हटाउने काम सुरु गरिएको छ । सुरुङका विज्ञ प्राविधिकहरु रविन्स अमेरिका, स्मेक अष्ट्रेलिया र चाईना कोभेक्सका विज्ञहरुको सहायतामा सुरुङको अवरोध हटाउने प्रयास थालिएको उनले बताए ।





















