• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, October 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सुनकोशी मरिण डाईभर्सन : पहिरो पन्छाउन अन्तर्राष्ट्रिय विज्ञको टोली परिचालन

बिमला पाण्डे by बिमला पाण्डे
माघ २३, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

26 Shares
  • Facebook 26
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम छैटौं पटक अवरुद्ध भएको छ । ४५ दिनदेखि सुख्खा धुलो पहिरो र हिलोका कारण टिविएम मेसिनले सुरुङ खन्ने काम गर्न नसकेको आयोजनाले जनाएको छ । टिविएम मेसिन मसिनो लेसिलो धुलो र हिलोले चारैतिरबाट जाम भएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिएका छन ।

यस अघि तेस्रो पटक ९ दशमलब २२७ किलोमिटरमा सबैभन्दा लामो समय आयोजनाको काम ५६ दिन अवरुद्ध भएको थियो । आयोजनाले मंगलबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै आयोजनाको प्रगति र काममा आएको समस्याको बारेमा छलफल समेत गरेको छ ।

पत्रकारहरुसँग छलफल गर्दै सुनकोशी मरिण डाईभर्सनको सुरुङ निर्माणमा समस्या आएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिएका छन । मंसिर ११ गते अवरुद्ध भएको टनेल निर्माणको काम २४ मिटर खनेपछि पुस ९ गते पुन ः अवरुद्ध भएको बरालले जानकारी दिएका छन । अढाई महिनाको अवधिमा ५६ मिटर मात्र सुरुङ निर्माण सम्पन्न भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

चौथो पटक एकदिन, पाँचौ पटक २५ दिन सुरुङ निर्माणको काम अवरुद्ध भएको थियो । पुस ९ गतेसम्म आयोजनाको सुरुङ निर्माणको काम १० दशमलब ५४५ किलोमिटर सकिएको छ । मेसिनको दुवै पट्टिबाट वाईपास निर्माणको काम भईरहेको छ । केमिकलको प्रयोग, वाईपास निर्माण जस्ता काम गर्दा समेत धुलो र हिलो सहितको पहिरो खस्ने क्रम नरोकिएपछि अन्तराष्ट्रिय विज्ञहरुको सहायता लिइएको समेत आयोजना प्रमुख बरालले जानकारी दिएका छन ।

बरालले सुरुङका विज्ञहरु रविन्स अमेरिका, स्मेक अष्ट्रेलिया र चाईना कोभेक्सका विज्ञहरुको सहायतामा सुरुङको अवरोध हटाउने प्रयास थालिएको जानकारी दिए । एक सातादेखि उनीहरुले काम सुरु गरेका छन तर सुरुङमा पहिरो नियन्त्रण हुन सकेको छैन । कम्तिमा ९० मिटरसम्म यस्तो समस्या आउने अनुमान गरिएको आयोजनाले जनाएको छ । भौगोलिक समस्या १५० मिटरसम्म रहेको अन्दाज गरिएकोमा २४ मिटर खनि सकिएको छ । अब आयोजनाले विज्ञको सहायतामा टिविएम मेसिनको फोर्स प्रयोग गर्ने छ ।

त्यसपछि पनि समस्या समाधान नभए मान्छेले नै सुरुङ खन्नुको विकल्प नहुन सक्ने आयोजनाले जनाएको छ । मानवीय सहायतामा सुरुङ निर्माण गर्नु परेमा ९० मिटर खन्नका लागि ८, ९ महिना लाग्ने अनुमान गरिएको छ । सोहि दुरी मेसिनबाट खन्नका लागि ३ दिन मात्र लाग्ने छ । भूप्राविधिक प्रतिवेदन भन्दा फरक खालको भौगोलिक संरचना भेटिएकाले भूप्राविधिक आधाररेखा प्रतिवेदन समेत असफल भएको उनले जानकारी दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खैरो हिरोइन सहित एकजना पक्राउ

Next Post

सुनकोशी मरिण डाईभर्सनमा क्षमापूजा

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied