सिन्धुली । मदनभण्डारी राजमार्गमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । कमलामाई नगरपालिका वडा नं. ९ कोरुङखोलामा ट्याक्टर र दुई वटा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा रौतहट गजुरा नगरपालिका वडा नं. २ बथानेका ६३ वर्षिय रने तामाङको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परि मकवानपुरगढी गाउँपालिका २ का विष्णु बहादुर थिङ घाईते भएका छन । डकाहाबाट भिमानतर्फ आउँदै गरेको प्र२–०४–००१त००१० नम्बरको ट्याक्टर र विपरित दिशाबाट आएका ५८प९१४१ नं.को मोटरसाईकल र ११प५७५० नं.को मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी चिरञ्जीवि दाहालले बताए ।
उनका अनुसार मृतकको शव सिन्धुली अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घाईतेको अवस्था सामान्य रहेको समेत डिएसपी दाहालले जानकारी दिएका छन ।




















