सिन्धुली । विपी राजमार्गमा सोमबार विहान सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा वस र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ बस्ने २० वर्षीय सुमर राई र मोटरसाईकलमा सवार खोटाङ दिक्तेल नगरपालिका १० का १७ वर्षीया मुनाकला राईको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
रामेछापको मन्थलीबाट काठमाडौतर्फ जाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीले चलाएको बा.प्र.०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दाहालका अनुसार बस र बस चालक प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनास्थल तनावग्रस्त बनेको छ । विपी राजमार्गमा स्थानीय बसमा आगजनी गरेका छन । विपी राजमार्ग बन्द रहेको छ ।





















