सिन्धुली/अनेमसंघका केन्द्रीय अध्यक्ष एवम् संघिय सरकारका सांसद गोमा देवकोटाले दिनहुँ महिला तथा बालिकामाथि हत्या हिंसा र बलात्कार भईरहेको हुदा नेपाली महिलाहरु नै सुरक्षित नभएको अनुभूति भईरहेको बताएकी छिन । उनले महिलालाई सुरक्षित बनाउन महिलारुलाई नै सशक्त बनाउनुपर्ने आवश्यकता रहेको औंल्याएकी छिन ।
सोमबार अनेमसंघ सिन्धुली र अनेमसंघ क्रान्तिकारी सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा भएको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । सांसद देवकोटाले महिलाका न्यायका लागि संविधान र कानुनको कार्यान्वयनमा सरकारलाई जिम्मेवार बनाउने दायित्व महिलाको भएकाले एकतावद्ध भएर लाग्न सबै महिला नेताहरुलाई आग्रह गरिन । महिलाको त्याग र बलिदानबाट बनेको जिम्मेवार सरकारले महिलाको संरक्षण गर्नुपर्नेमा जोड समेत दिईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै देवकोटाले एउटै उद्देश्य र लक्ष्य लिएर एकीकृत बनेका महिला संगठन भएकाले सबैलाई समेटेर विवाद रहित भएर अगाडि बढ्नुपर्नेमा जोड दिईन । उनले कम्युनिष्ट महिलामा विवाद भए दोस्रो पक्षले फाइदा लिने हुदा त्यसो नगर्न समेत महिलाहरुलाई सचेत गराएकी छिन ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य उमा कोइरालाले महिलाहरु अन्यायका विरुद्धमा एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिईन । सोहि कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले महिलालाई आर्थिक रुपमा सबल बनाउनु नगरपालिकाको ध्येय भएको बताए ।
विश्वका श्रमजीवि महिलाहरु एक होऔं भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष एवम् मानवअधिकारकर्मी बिमला पाण्डेल न्यायीक समाज निर्माणका लागि महिलाहरुले कानुनी ज्ञान राख्न जरुरी रहेको बताईन । कार्यक्रममा अनेमसंघका केन्द्रीय सदस्य रश्मिला देवकोटा, सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, अनेमसंघ क्रान्तिकारीका सुस्पा भुजेल(आस्था), अग्रज नेतृहरु शान्ता पाख्रिन, रमा शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले तीजले महिलाहरुलाई एकता र सशक्तिकरण गर्नेमा विश्वास व्यक्त गरेका थिए ।
तिज विशेष कार्यक्रमका संयोजक सविता कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अनेमसंघ जिल्ला अध्यक्ष पार्वती सुनुवारले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने कार्यक्रमको सहजीकरण पार्वती भट्टराईले गरेकी थिइन ।






















