• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, August 9, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सहकारीको प्रभावकारी अनुगमन आवश्यक : दाहाल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ९, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले सहकारीहरुलाई व्यवस्थित बनाउन प्रभावकारी अनुगमन आवश्यक रहेको बताएका छन । उनले सहकारीहरुको अभियानको वार्षिक कार्य योजना बनाएर अघि वढ्न सकेमा सहकारी अभियानले जनस्तरसम्म पुगेर नागरिकको अपेक्षा पुरा गर्न सकिने बताए ।

शनिबार सिन्धुलीमाढीमा आयोजित जिल्ला सहकारी संघ सिन्धुलीको ३० वार्षिक साधारणसभामा बोल्दै दाहालले सहकारीको अभियान बचत तथा ऋणको कार्यक्रम मात्र हुन नहुने र सहकारीको लगानी उत्पादनको क्षेत्रमा हुनु पर्ने बताए ।

उनले जिल्ला सहकारी संघ सिन्धुलीले नौ वटै स्थानीय तहमा प्रभावकारी नेतृत्व तयार गरी अभियान चलाउन आग्रह गरे ।
सहकारीको पूँजी निर्माणमा समान सहभागिता भए जस्तै पूँजी परिचालनमा समेत समान सहभागिता हुनुपर्ने र खबरदारी हुनुपर्ने दाहालले बताए । औद्योगिक पूँजीको विकास गर्न, वृहत्तर रोजगारीको सिर्जना गर्न, आयात घटाउन, निर्यात बढाउन, राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्न, आफ्नै अर्थतन्त्रको विकास गर्न र जनतालाई उत्पादन र रोजगारसँग जोड्न सहकारी नै पहिलो पाइला भएको उनको भनाई छ । उनले सहकारीले संचालन गर्ने तालिमहरु स्वरोजगार सृजना गर्ने खालको र उत्पादनमा जनताहरु जोडिने खालका हुनुपर्ने सुझाव दिए ।

साधारणसभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले केही सहकारीहरुका सञ्चालकहरुको गलत क्रियाकलापका कारण सहकारी अभियानलाई नै वदनाम गरेको उल्लेख गर्दै देशमा हाल ३२ हजार सहकारी संस्थाहरु रहेकोमा जम्मा २ सय सहकारीमा समस्या रहेको उनले वताए । उनले सहकारीका माध्यमबाट देशमा रोजगारी समेत सृजना गर्न सकिने भन्दै उनले झापामा एउटै सहकारी एक हजार एक सय जनालाई रोजगारी दिएको उल्लेख गरे । उनले भक्तपुरको एक सहकारीले देशभरी कार्यक्षेत्र राखेर झण्डै २२ अर्व हिनामिना गरेको घटनाले नागरिकमा सहकारीप्रतिको विश्वास घटाएको बताए ।

‘गुणस्तरीयता, विश्वसनियता एवम सञ्चालन प्रक्रियामा शुद्धता, नीति विधि र प्रविधियुक्त सहकारी बनाउने संघको प्रतिवद्धता’ भन्ने नाराका साथ सम्पन्न साधारणसभामा संघको आर्थिक तथा बार्षिक प्रगती प्रतिवेदन, हाल कारोबारको अवस्था, संस्थागत कोषको अवस्था, संघको भावि कार्ययोजना लगायतको बिषयमा जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाले जानकारी गराएका थिए । गत आर्थिक बर्षमा ८ वटा सहकारी खारेज गरिएको र २ वटा नयाँ सहकारी दर्ता भएकाले जिल्ला सहकारी संघमा अहिले २ सय ६० वटा सहकारी आवद्ध रहेको कोईरालाले उक्त अवसरमा जानकारी गराए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा सहकारीको क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरे बापत मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, तीनपाटन गाउँपालिकालाई सम्मान गरिएको थियो । यस्तै विभिन्न क्षेत्र र विधामा जिल्ला संघमा आवद्ध सहकारीहरुलाई सम्मान गरिएको थियो । सरकारीको क्षेत्रमा बिभिन्न सहयोग पु¥याउने सहकारीहरुलाई समेत सम्मान गरिएको छ ।

संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी महासंघका संचालक एवम् बाग्मती प्रदेश संयोजक डिबि बस्नेत, राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समितिका सदस्य बालकुमारी श्रेष्ठ, संघका सल्लाहकार विनेश कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका स्थानीय तहमा बढ्दो भ्रष्टाचार, एक महिनामा उनन्पचास उजुरी

Next Post

एउटै वडामा अढाई विघा जमिन कटान

सम्बन्धित खबरहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

भर्खरै प्राप्त समाचारहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied