सिन्धुली । जिल्लामा २ महिनाको अवधिमा ९ वटा बलत्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता हुन आएका ती घटनामध्ये ६ वटा घटनामा बालिका पीडित बनेको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवका अनुसार असार र साउन महिनामा बलत्कारजन्य अपराध बढेको छ । घटनामा प्रभावित बालबालिकामा ५ वर्षदेखि १८ वर्षसम्मका रहेको एसपी यादवले बताए ।
अन्य तीनवटा घटनामा महिलाहरु पीडित बनेका छन । यस्तै घटनामा संलग्न पीडितहरुमध्ये २ वटा घटनाका अभियुक्त फरार रहेको र अन्य घटनाका अभियुक्त पक्राउ गरिसकिएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले पछिल्लो समय बलात्कारजन्य तथा यौन हिंसाका घटनालाई तत्काल दर्ता गरि प्रक्रियामा लाने गरेको पनि उनले बताए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला



















