सिन्धुली /कमलामाई नगरपालिका वडा नं. १ को चनौटेमा सडक मर्मत गर्ने क्रममा जेसिवि पल्टिदा दुई जनाको मृत्यु भएको छ । बाटो मर्मत गर्न गएको वा१क३२५० नम्बरको जेसिवि सडकबाट करीब २५ मिटर तल खस्दा दुई जनाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृत्यु हुनेमा जेसिवि सहचालक धनुषाको मिथिला नगरपालिका लालगढका ३० वर्षिय सन्तोष रिजाल र तिनपाटन गाउँपालिका ५ का २५ वर्षिय कमल बोगटी रहेको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो ।
त्यस्तै जेसिवि दुर्घटनाका कारण घाइते भएका कामदार तिनपाटन ५ का २४ वर्षिय गणेश थापा क्षेत्री घाइते भएका छन । उनको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । थापाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ ।



















