सिन्धुली । ट्याक्टर पल्टिदा ट्याक्टरको इन्जिनले च्यापिएर सहचालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नं. २ बोहोरेटारमा आफै सवार रहेको ट्याक्टरको इन्जिन पल्टिदा इन्जिनले च्यापिएर सोहि ट्याक्टरका सहचालक १५ वर्षिय लक्ष्मण वि.कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बुधबार बोहोरटारबाट भित्री सडक हुदै सिन्धुलीगढीतर्फ जाँदै गरेको ट्याक्टर ज१त९९४१ नम्बरको ट्याक्टरको ट्रली र इन्जिनको बीच भाग भाँचिएर दुर्घटना हुँदा वि.क.को ज्यान गएको हो ।
ट्रली र इन्जिन छुट्टिदा इन्जिन पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले बताए । उनका अनुसार गाडीका चालक १८ वर्षिय मान बहादुर वि.क फरार रहेका छन ।




















