सिन्धुली/जिल्लाका पत्रकारहरुका लागि दुई दिने विपद जोखिम न्युनिकरणका लागि दुई दिने पत्रकारिता तालिम दिईएको छ । विहिबार र शुक्रबार चलेको दुई दिने तालिममा विपद र जलबायुसँग सम्बन्धित शब्दावलीहरु, विपदका अवस्थामा हुने जोखिम, पत्रकारको दायित्व तथा काम, समाचार संकलनका क्रममा आइपर्ने समस्या तथा समाधानका उपायहरु, नेपालमा बनेका कानुनहरु लगाएतका बारेमा प्रशिक्षण दिईएको थियो ।

तालिममा विपद पूर्व, विपदका बेला र विपद पछिको रिपोर्टिङमा रिपोर्टर र सम्पादकले ध्यान दिनुपर्ने कुराहरुको समेत ज्ञान दिईएको थियो । तालिमको सहजीकरण वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेत र पत्रकार सारदा बस्यालले गरेका थिए ।
विपद्को उच्च जोखिम रहेको जिल्ला छनौट गरि जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई वल्र्ड भिजनको सहयोगमा सिड्स सिन्धुलीको आयोजना तथा नेपाल पत्रकार महासंघ सिन्धुलीको समन्वयमा तालिमको आयोजना भएको थियो ।
तालिममा स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको छ । हरेक विपदमा पत्रकारहरुको उल्लेखनीय भूमीका रहने भएकाले विपदको जोखीमलाई न्युनीकरण गर्ने सहयोग पुग्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक सिड्स सिन्धुलीले जनाएको छ ।




















