सिन्धुली । बहुउद्देश्यीय आयोजना सुनकोशी मरिण डाईर्सनको विस्तृत अध्ययनको काम सुरु भएको छ । सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना मार्फत नै उक्त आयोजनाको विस्तृत अध्ययनको काम सुरु भएको सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाले जनाएको छ ।
आयोजनाले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोजनाका निर्देशक मित्र बरालले सुनकोशी मरिण डाईभर्सनको काम तिव्र रुपमा अगाडी बढेको र सुनकोशी कमला डाईभर्सनको समेत आयोजनाले अध्ययन सुरु गरेको बताए ।
‘हामीसँग भएको प्राविधिक जनशक्ति र प्रविधिलाई प्रयोग गर्दै सरकारले अर्को बहुउद्देश्यीय आयोजनाको समेत अध्ययन थालेको छ’, बरालले भने । आयोजनाको विस्तृत अध्ययनको काम अगाडि बढीसकेको बरालले बताए ।
फिक्कलको कुडुलेबाट तावा खोलामा सुनकोशीको पानी खसाली तराईको धनुषा, सिरहा, सप्तरीमा सिंचाईको सुविधा पु¥याउने उद्देश्य सहित उक्त आयोजना निर्माणको लागि सरकारले अध्ययन थालेको हो ।





















