• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आजादको सम्झना, कहिले आउला फागुन १२ गते भनेर कुर्छु : समकक्षी चन्द्रबहादुर

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १२, २०७८
in Featured, Nation, News, Politics, Province 3
0

Share via:

205 Shares
  • Facebook 205
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा विहिबार सहिद ऋषिराज देवकोटा आजादको ४१ औं स्मृति दिवस मनाईएको छ । स्मृति दिवसका अवसरमा नेकपा एमालेका केन्द्रीय, प्रदेश र जिल्लाका नेताहरुले आजादका कामको सम्झना गरे ।

उनको बलिदानीलाई सम्झे । निरंकुशता विरुद्धको कम्युनिष्ट आन्दोलन सम्झे । अझै सहिदहरुका सपना पुरा गर्न नसकिएको र नेकपा एमाले देश विरोधीहरुको घेराबन्दीमा परेको बताए । योसँगै एमालेका नेता कार्यकर्ता एकमत भएर जनताको बीचमा जान र विकासमा जनतालाई जोड्न सहयोग गर्नुपर्नेमा जोड दिए । सम्झनामा सिन्धुलीको भिमानमा नेकपा एमाले सिन्धुलीले आजातको शालिकमा माल्यार्पणसँगै औपचारिक सभाको आयोजना ग¥यो । आजातको राजनीतिक, शैक्षिक र सामाजिक अभियान र कम्युनिष्ट आन्दोलनको समेत समिक्षा गरियो ।

तर ऋषिराज देवकोटा आजादको राजनीतिक योगदानको सम्झना गर्ने क्रममा सिन्धुलीको तिनकन्यामा जन्मेका र हाल धनुषाको मिथिला ११ धनुषाका चन्द्र बहादुर गेवा तामाङले भने फरक र मन छुने ढंगले आजादलाई सम्झे । ७८ वर्षका उनी र आजात एउटै वर्षमा जन्मेका र सँगै राजनीतिमा सक्रिय भएका व्यक्ति हुन । आजातका समकक्षी तामाङले आजादका सबै योजना र काम सम्झ्यो भने मुटु नै भक्कानिने बताए । ‘ऋषिजीले गरेको कुराहरु सबै भन्नलाई मेरो आत्मा, मनमा दुखेर पीर लागेर आउँछ, त्यसैले मैले सबै भन्न सक्दिन ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

ऋषिजीले कता कता गएर कुरा गरेर आउनुहुन्थ्यो अनि हामीलाई भेट्दा कता कता जाँदा भनेको कुरा, भन्नु पर्ने कुरा हामीलाई भन्नुहुन्थ्यो । ‘देशको निम्ती केहि गरे पो जन्मसिद्ध कम्युनिष्ट, जथाभावी गर्ने, स्वार्थ गर्ने, अर्कालाई दवाव गर्ने व्यक्ति कम्युनिष्ट हुदैन भन्नु हुन्थ्यो ।’

‘त्यतिबेला कम्युनिष्ट हुने मान्छे मध्येका कालापानीका नरबहादुर खपांगी, मेरो दाई, हामीहरु जम्मा भएर उनकै बारेमा कुरा गरिरहन्थ्यौं,’ उनले सम्झन्छन । उनले आजादसँग निकै सहकार्य गरे । आजादलाई देशका लागि केहि गर्छु भन्दाभन्दै पञ्चायत सरकारले मा¥यो । उनी भने त्यहि हत्या भएको दिन आजादलाई सम्झेर बस्छन । फागुन १२ गते विर्सन सक्दैनन । ‘कहिले आउला फागुन १२ गते र ऋषिजीलाई सम्झन सभामा जान पाइन्छ भनेर कुर्छु । १२ गते उम्केला है साथिहरु म १२ गते आजादको स्मृति सभामा जानुछ भन्ने गर्छु, उनी धारा प्रवाहमा आजादको याद गरिरहन्छन ।’ उनै आजादको स्कुलिङमा रहेका उनले आजसम्म पनि कम्युनिष्ट पार्टीलाई माया गरिरहेको बताउँछन । भन्छन, ‘कम्युनिष्ट पार्टीको कुरा गर्दा धेरै खुशी हुन्छु, असल र राम्रो काम गर्ने कम्युनिष्ट हुन भन्ने बुझेको छु ।’

आजादको स्कुलिङमा परेका उनले कम्युनिष्टसँग सामाजिक, आर्थिक र शैक्षिक तीनवटा चिज चाहिन्छ । त्यो पुरा गर्ने लक्ष्य लिनुपर्छ भन्ने बुझेका छन । ‘लक्ष्य नै नभएको मान्छे काम छैन । तीनवटा कुरासँगै देशका लागि केहि ग¥यो भने मात्र त्यो मान्छे कम्युनिष्ट हुन्छ । हरेक मानिसको जीवनमा त्यो कुरा हुनुपर्छ’, उनी भन्छन । उनले सामाजिक, आर्थिक र शैक्षिक ज्ञानसँगै देशका लागि केहि गर्ने व्यक्ति नै जन्मसिद्ध कम्युनिष्ट हुने राजनीतिक शिक्षा लिएका छन ।

आजादले गरेका काम र पाएका दुःख सम्झ्यो भने यो मन भक्कानिन्छ । म कम्युनिष्ट रहिरहनुको श्रेय आजादलाई दिन्छु’, उनले भने । आजादले देशको लागि केहि गरौं भनेका थिए, सहिद भए । उनको जस्तो लक्ष्य कम्युनिष्ट नेताले लिएमा देश बन्थ्यो, उनी सम्झन्छन । जनताको मनमा घाम लगाउन खोजेका थिए, सहिद भए । जनतालाई शोषण रहित बनाउने योजना उनको लक्ष्य पुरा नभएको उनको भनाई छ ।
उनका शब्दमा अब यो देशमा ख्याल ख्यालले कम्युनिष्ट आएको हैन । ऋषिजी जस्तैको निरंकुशता विरुद्ध लडेर आएको परिवर्तन संरक्षण भएको छैन ।

सामान्य साक्षर छन चन्द्र बहादुर । पढेको भए त बोल्न, भाषण गर्न सक्थें होला । सुन्न र कुरा गर्न भने मन लाग्छ भन्दै विगतको स्मरणमा एक हरफ गीत गाए ।
आफुले लिपी छिपेको घर असल हुन्छ,
आफुले रोजी लिएको दल असल हुन्छ ।

उनले आफु कम्युनिष्ट बनेकोमा कुनै पछुतो नभएको बताए । आजादले धेरै काम गर्दै आउनु भएको थियो । उहाँ सहिद भई हाल्नु भयो । उहाँ हाम्रो साथी हुनुहुन्थ्यो । त्यो बेला एक वटा सिपाहि, एक वटा हवल्दार र बन्दुक भएपछि काम पुग्थ्यो । हामी जम्मा भएर छलफल गरिरहदा आए भने के गर्ने त ? हामीले उहाँ (आजाद) लाई सोध्थ्यौं । उहाँले एक विटो तास लिएर बस्नुपर्छ आए भने तास खेली बस्नुपर्छ । उनीहरुले तास खेल्ने मान्छे रहेछन भनि जान्छन हामी भाग्नुपर्छ भन्नु हुन्थ्यो । ढाडस दिनु हुन्थ्यो ।

उनले आजादको जोसिलो पनलाई सम्झे र आफैलाई अहिलेको अवस्थामा तुलना गरे । आज म तागतिलो छैन, जाँगरिलो छु । यसको कारण के भने मैले म को हुँ भनेर चिन्न पाएँ । यसको देन आजादलाई जान्छ । उहाँले म को हो ? भन्दा भन्नुहुन्थ्यो की म पनि यो देशको केहि हो । त्यहि देख्न नसकेर निरंकुश तानाशाहले उहाँलाई सहिद बनाईदियो ।

उनी आजादसँग २०१३ सालदेखि नै संगत गरेका हुन । उनको स्मरणमा कम्युनिष्टहरुले गीत गाउँथे । हामीलाई नानीहरुलाई गीत आउँछ भनेर सोध्थे । कम्युनिष्ट भनेको निस्वार्थी, सबैलाई राम्रो होस, असल मान्छे बनाउँ, देश बनाउँ भन्ने कम्युनिष्ट हुन्छ भन्थे ।

समकक्षी ऋषिराज देवकोटा आजादको गीत पनि उनलाई स्मरण छ ।
स्वार्थवादी रहेछ भने मनले चिन्दीनु
एउटाको मात्र स्वार्थलाई कुल्चेर हिन्दिनु

गीतले बदमास र सामन्तवादलाई त ठेल्नुपर्दो रहेछ भनेर हाम्रो खुन तातिन्थ्यो । म पढेको लेखेको मान्छे हैन तर त्यहि बेलाको कुराले कसैले कसैलाई थिचोमिचो गरेको देख्न सक्दिन । किनकी आजादले ‘आत्मा र परआत्माको कुरा जान्ने मात्र मानव हो’ भनेर सिकाईएको थियो । आजादको उद्देश्य यो देशका जनतालाई अन्यायबाट मुक्त पारुम भन्ने थियो । हामीलाई जागरुक गराउनु भएको थियो तर बीचमा आजाद सहिद हुनुभयो ।

‘उहाँसँग एकताको भावना थियो । सबैले म को हो भनेर चिनेको नै छैन । मानव जीवन भईकन कर्मठ हुनु कर्तव्य हो र आफुलाई चिन्नु आवश्यक छ ।’ उनको निचोड छ ।

आजाद स्मृति दिवसका अवसरमा उनले नेपालका अरु तीन जना कम्युनिष्ट नेतालाई स्मरण गरे । मदन भण्डारी, मनमोहन अधिकारी र केपी शर्मा ओलीलाई उनले आजादसँगै स्मरण गरे । यो देशमा प्रधानमन्त्री धेरै भए । गठबन्धनमा, एक्लै जसरी नि । तर मनमोहनले नांगा, भोका, एकल महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्तलाई धेरै राम्रो काम गरे । भत्ता दिएर सम्भन लायक काम गरेकोमा उनले धन्यवाद समेत दिए । उनको बुझाईमा मदनभण्डारी बढी सक्रिय नेता हुन । राजालाई श्रीपेज फालेर चुनाव लड्न आउन चुनौती दिएर भाषण गरेको सम्झदै हिम्मतिलो नेताका रुपमा मदनभण्डारीलाई चित्रण गरे ।

ओलीलाई त विकास प्रेमी र राजतन्त्र विरोधी नेताका रुपमा स्मरण गरे । निरंकुश राजतन्त्रको विरोधमा उत्रिएका ओली १४ वर्ष थुनिए । त्यो पनि राजतन्त्रसँग गर्धन जोड्न ओली जान्छ त मलाई त विश्वास लाग्दैन । ओलीमाथि लगाईएको आरोप गलत भएको उनको बुझाई छ । उनले त जनताका नेताका रुपमा ओली रहेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बन्द गराउँदै हिडेका १६ बन्दकर्ता पक्राउ

Next Post

पत्रकारको आधारभूत तलव २५ प्रतिशत वृद्धि गर्न सिफारिस

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied