सिन्धुली । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ तिनपाटनको भेला सोमबार तिनपाटनको चकमकेमा सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ बाग्मति प्रदेश सदस्य मञ्जु दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पम्फादेवी पहाडीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्य समिति चयन समेत गरेको छ । जसको उपाध्यक्ष राधा घिमिरे पोखरेल, सचिव सारदा खपांगी, सहसचिव गिता मानान्धर र कोषाध्यक्ष मन्दिरा गौतम चयन भएका छन ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य उमादेबी कोइरालाले महिला देश र समाज बनाउने मेरुदण्ड भएकोले महिला अधिकार स्थापनाका लागि संगठित हुन आग्रह गरेकी छिन । उनले महिलाहरुलाई हक अधिकार स्थापित गर्न अनेमसंघमा आवद्ध हुन आग्रह गरेकी हुन ।
अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्बती सुनुवारले महिलाका अधिकार संबिधानमा सुनिश्चित गर्न अनेमसंघले उल्लेख्य भूमिका खेलेको बताईन ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य राम प्रसाद गौतम, नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्य डोर कुमारी कार्की, नेकपा एमाले तीनपाटन गाउँ कमिटि अध्यक्ष छत्र दाहाल, उपाध्यक्ष कोमल बहादुर खपाङ्गी, उपसचिव बरुण घिमिरे, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राजु धमला, जिल्ला कमिटी सदस्य पोष्टराज काफ्ले लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।




















