सिन्धुली । घरबाट भागेर हिडेका चार बालबालिकाको इलाका प्रहरी कार्यालय खुर्कोटले उद्धार गरि अविभावकको जिम्मा लगाएको छ ।
आइतबार साँझ साढे पाँच बजे सुनकोशी गाउँपालिका वडा नं. ६ चैनपुरमा सवारी साधन चेक गर्दा फेला परेका बालबालिकाको प्रहरीले उद्धार गरेको हो ।
अविभावक कोहि कसैलाई नसोधि घरबाट भागेका बालबालिकाको उद्धार गरि सोमबार परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यसरी उद्धार गरिएकामा कमलामाई नगरपालिका वडा नं. १ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका ६ मा बस्ने १२ वर्षिय सुनिता भुसाल, सुनिताका भाई ७ वर्षिय रिदम भुसाल, दुधौली नगरपालिका १४ घर भई सूर्य विनायक नगरपालिका ६ बस्ने ११ वर्षकी अस्मिता तामाङ, लमजुङ मस्र्याङ्दी गाउँपालिका २ की १३ वर्षिय सिमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सबै बालबालिकाहरु अविभावकलाई नसोधि भागेर सिन्धुली तर्फ आउँदै गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाका अनुसार सुनिता र रिदमलाई आमा कल्पना भुसालको जिम्मा लगाइएको छ । अस्मितालाई आमा सुनमाया तामाङ र सिमालाई बुवा धनबहादुर तामाङको जिम्मा लगाइएको छ ।





















