सिन्धुली । नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ५ मधुटारको टोल कमिटीको अध्यक्षमा यज्ञ बहादुर थापा चयन भएका छन । सोमबार मधुटारमा भएको टोल भेलाबाट थापा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
थापाको नेतृत्वमा ३१ सदस्यीय टोल कमिटी गठन भएको छ । जसको उपाध्यक्ष सुगन्धा घिमिरे, सचिव पदम श्रेष्ठ, सह सचिव मिना थापा चयन भएका छन ।
यस्तै सदस्यमा टिकाराम श्रेष्ठ, भानु कुमारी बराल, पूर्ण बहादुर थिङ, हरि रञ्जितकार, इन्दिरा थापा कार्की, सञ्जिव कार्की, प्रेम कुमारी बुढाथोकी, कल्पना थापा, हर्क नारायण श्रेष्ठ, कुमार आचार्य, कृष्ण खत्री, हिरामाया श्रेष्ठ, सिद्धि बहादुर खत्री, आशा पुलामी मगर, ललिता श्रेष्ठ, जयन्तीदेवी के.सी, अनिता खड्का, गिता कुमारी फेदाली, विन्दा कुमारी दाहाल, कालिका न्यौपाने, छायाँदेवी ढुंगेल, विन्दु वाग्ले, कुमार भुजेल, जमुना राना मगर, नोमिका पौडेल, रिता थापा मगर लगाएत चयन भएका छन ।
नेकपा एमाले कनपा ५ वडा कमिटीका अध्यक्ष चुरामणी श्रेष्ठको अध्यक्षता एवम् नेकपा एमाले केन्द्रीय सदस्य उमादेवी कोईरालाको प्रमुख आतिथ्यतामा टोल भेला सम्पन्न भएको थियो ।





















