सिन्धुली । नेकपा एमालेका केन्द्रीय सदस्य उमादेवी कोइरालाले नेपाली जनतालाई विकास र राष्ट्रिय स्वाधिनता चाहिएको बताएकी छिन । उनले नेकपा एमाले जनतालाई विकास र राष्ट्रियताका लागि लडेको पार्टी भएको बताउँदै नेकपा एमालेमा सबै नागरिकलाई आवद्ध हुन आग्रह गरेकी छिन ।
नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ५ को आयोजनामा सोमबार मधुटारमा भएको टोल भेलालाई सम्बोधन गर्दै उनले केपी ओली कहिल्लै भारतसँग नझुकेका कारण सरकारबाट बाहिरिनु परेको बताईन ।
नेकपा एमाले सिन्धुलीका जिल्ला सह इन्चार्ज समेत रहेकी कोईरालाले माधव कुमार नेपाल शेर बहादुर देउवा र प्रचण्डको पछि लागेर कम्युनिष्ट विचारबाट च्युत भएको आरोप समेत लगाईन । उनले एमालेका नेताहरुमा विचलन आउँदा समेत कार्यकर्तामा स्थिरता देखिएको स्मरण गर्दै नेकपा एमाले कार्यकर्ताले थेगेको पार्टी भएको समेत बताईन ।
यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार केशव प्रसाद देवकोटाले पार्टी एकताको निरन्तरता नयाँ एमाले भएको बताएका छन । उनले नेकपा एमाले नयाँपनको नयाँ एमाले निर्माणमा जुटेको बताए । उनले २०७५ जेठ २ गते अघिको एमाले नरहेको बताउँदै एमालेभित्र समावेश भएका सबै नेता कार्यकर्तालाई सम्मानपूर्वक स्थान दिएर नयाँ एमाले बनाउन लागि परेको बताए ।
उनले नेकपा एमालेको अहिलेको आवश्यकता प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने भएको बताउँदै जनता र श्रमसँग जोडिन नेता कार्यकर्तालाई आग्रह गरेका छन । उनले केपी ओलीले स्वाधिनताका पक्षमा उभिएका कारण केपी ओली नेतृत्वको सरकार ढालिएको बताउँदै जनता र राष्ट्रको पक्षमा काम गर्ने वातावरण नेकपा भित्रकै नेताले नदिएको बताए । उनले नयाँ नक्सा जारी नगरेको भए केपी ओली नेतृत्वको सरकार पाँच वर्ष नै टिक्ने समेत दावी गरे ।
वडा कमिटी अध्यक्ष चुरामणी श्रेष्ठको अध्यक्षतामा भएको भेलामा नेकपा एमालेका जिल्ला नेताहरु, गणेश कुमार श्रेष्ठ, हरि अधिकारी, गंगा कार्की, पार्वती भट्टराई, बुद्धकुमार अछामी, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्ले, प्रेस चौतारी नेपाल सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाल, नेकपा एमाले नगर कमिटी सदस्य केदार देवकोटा, अनेमसंघ नगर कमिटी अध्यक्ष बिमला पाण्डे, समाजसेवी यज्ञ बहादुर थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले कमलामाई नगर कमिटी सदस्य एवम् स्थानीय भाग्य प्रसाद काफ्लेले गरेका थिए भने कार्यक्रमको सहजीकरण वडा कमिटी सदस्य सिता सत्यालले गरेकी थिइन ।
























