सिन्धुली । विपी राजमार्गमा सोमबार मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रुको मृत्यु भएको छ ।
सुनकोशी गाउँपालिका ६ चैनपुरमा बाटो काट्ने क्रममा मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षिय सितामाया बरालको मृत्यु भएको हो । विराटनगरबाट काठमाडौँ जादै गरेको प्रदेश ३ ०२–०११ प २७९३ नम्बरको मोटसाइकलले उनलाई ठक्कर दिएको थियो ।
मोटरसाईकलको ठक्करबाट घाइते भएकी बरालको काठमाडौँस्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइते बराललाई उपचारका लागि आत्मीय अस्पताल खाल्टे पठाइएकोमा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको थियो ।
काठमाडौँ टोखा नगरपालिका ३ सरस्वति टोल बस्ने ३५ वर्षिया मोटरसाइकल चालक किश्वर खड्का र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।



















