सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले जिल्लामा बसेर फ्रन्टलाइनमा काम गर्ने क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सूचना प्रवाह गर्ने पत्रकारहरुलाई स्वास्थ्य तथा पेशागत सुरक्षालाई मध्येनजको दायित्व निर्वाह गरिरहेका पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षालाई मध्यनजर गरेर महासंघले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
जिल्लामा क्रियाशिल विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको महासंघका सचिव पुस्कर थापाले बताए ।
महासंघले सोमबार र मंगलबार स्वास्थ्य सामग्री बितरण गरेको हो । महासंघले माक्स, सेनिटाइजर र फेसक्याप बितरण गरेको हो । महासंघ मार्फत पत्रकारलाई कोरोनाविरुद्धको लडाइमा विभिन्न संस्था र अभियान मार्फत प्राप्त सामग्री वितरण गरिएको उनले बताए ।
महासंघलाई मानव रक्षार्थ सहयोग अभियान, कमलामाई नगरपालिका, जनसेवा सहकारी र सिड्स नेपाल सिन्धुलीले स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए ।




















