सिन्धुली । जिल्लामा शनिबार ३६ जना नयाँ संक्रमित भेटिएका छन । सिन्धुली अस्पतालले दिएको जानकारी अनुसार ४८ जनाको परिक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो ।
नयाँ भेटिएका संक्रमित अधिकांश कमलामाई नगरपालिकाका वडा नं. ५, ६ का रहेका छन ।
यो सँगै जिल्लामा दोस्रो लहरमा संक्रमण हुनेको संख्या २ सय ९७ पुगेको छ । स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार शनिबार २ जना संक्रमित निको भएर घर फर्केका छन । उनीहरुसँग हालसम्म ८ जनाले कोरोना जितेका छन ।
सिन्धुली अस्पतालको आईसोलेसनमा ८ जना उपचाररत रहेका छन भने अन्य होम आइसोलेसनमा उपचाररत रहेका छन । हालसम्म ३ जनाले ज्यान गुमाएका छन । यता स्वास्थ्य कार्यालयले भने २ जनाको मात्र मृत्यु भएको जनाएको छ ।




















