सिन्धुली । सिन्धुलीको कोभिड अस्पतालका लागि समाजसेवी उज्ज्वल बिक्रम थापाले दुई थान लुगा धुने मेसिन (वासिङ) मेसिन सहयोग गरेका छन ।
सिन्धुली घर भएका थापा हाल काठमान्डौमा बस्दै आएका छन । उनले सिन्धुलीमा कोभिड संक्रमितले प्रयोग गर्ने लुगा धुन अस्पतालमा समस्या भएको जानकारी पाएपछि २ वटा मेसिन पठाएको जनाएका छन ।
सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलले कपडा धुन समस्या परेको जानकारी गराएपछि थापाले उक्त वासिङ मेसिन पठाएको सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका छन ।
सिन्धुलीको कोभिड अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ । कोभिड अस्पतालका लागि व्यवस्थापन गरेको मेसिन सिन्धुली पठाइएको बताए । उनले एचआईईआर कम्पनीका २ वटा मेसिन पठाउन लागेको बताए ।
उक्त मेसिन सहयोग गर्ने सञ्जय गोल्छालाई पनि थापाले धन्यावाद दिएका छन । उनले सबैले मिलेर कोरोना जित्नुपर्ने समेत बताएका छन ।





















