सिन्धुली । कमला नदीले बगाउँदा एक जनाको मृत्यु भएको । नदीले बगाउँदा दुधौली नगरपालिका वडा नं. ६ का ५५ वर्षिय कन्ना कुमँरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कुमँरको शव दुधौली नगरपालीका ९ को खिर्यानीमा भेटिएको प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले बताए । उक्त लाश पोष्टमार्टमका लागि कटारी अस्पतालतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















