सिन्धुली । कमलामाई नगरपालिकाको तेस्रो नगरसभाले आब २०७५÷७६ का लागी एक अरब दुई करोड छ्यासी लाख सात हजार रुपैया बजेट स्वीकृत गरेको छ । स्वीकृत बजेट मध्ये चालुतर्फ एकहत्तर करोड तीस लाख दश हजार र पूँजीगत तर्फ ३१ करोड पचपन्न लाख सन्तानब्बे हजार विनियोजन गरेको हो ।
आईतवार कमलामाई नगरपालिका कार्यालयको नगरसभाले बजेट स्वीकृत गरे लगत्तै पत्रकार सम्मेलन गरी आब २०७५÷७६ का लागी तयार गरिएको नीति तथा कार्यक्रम र बजेटका बारेमा जानकारी गराएको हो ।
यसैगरी नगरसभाले आर्थिक विद्येयक २०७५, बिनियोजन विद्येयक २०७५ समेत स्वीकृत गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । स्वीकृत आर्थीक विद्येकमा सम्पति कर, भुमिकर (मालपोत) घरवहाल कर , अन्य व्यावसाय कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, पार्किङ शुल्क, सेवा शुल्क लगायत २२ वटा शिर्षकमा कर लगाउने निर्णय नगरपालिकाले गरेको छ ।
यसैगरी नीति तथा कार्यक्रममा आर्थिक विकास सम्वन्धी नीति, वित्तिय व्यवस्थापन सम्वन्धि नीति, वातावरण व्यवस्थापन र नीति लगायतका १४ वटा विषयलाई नीति तथा कार्यक्रममा समामवेश गरिएको छ ।
नगरपालिका कार्यालयले विगतको एकीकृत सम्पति करको दरलाई कायम राख्दै थप नयाँ थपिएका साविकका गाविसहरु र हाल नगरपालिकाका १,२,३,११,१२,१३ र १४ नम्वर वडामा नयाँ मुल्याङ्कन दर समेत कायम गरेको जनाएको छ ।
यसैगरी नगरपालिका कार्यालयले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समायोजनको क्रममा प्राप्त कर्मचारीहरुको अस्थायी दरबन्दीको संरचना स्वीकृत गरेको छ । यस्तै नगरपालिकाले लैंगिक समानता तथा लंैगिक हिंसा अन्त्य गर्न लैगिक रणनीतिक योजना बनाएर काम गर्ने नीति लिएको छ ।




















