सिन्धुली । जिल्लामा शुक्रबार २ जना कोरोना संक्रमित थपिएका छन । दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै जिल्लामा संक्रमित हुनेको संख्या पनि थपिन थालेको हो । दुई दिन अघि जिल्लामा ४ जनामा संक्रमण देखिएको थियो ।
शुक्रबार कोभिड १९ पिसिआर ल्यावमा गरिएको परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको सिन्धुली अस्पतालका कोभिड –१९ प्रवक्ता डा. सागर देवकोटाले बताए ।
उनका अनुसार संक्रमित हुनेमा कमलामाई नगरपालिका वडा नं. ४ का २ जना पुरुष रहेका छन ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















