सिन्धुली । बुधबार कमलामाई नगरपालिका वडा नं. ९ चुरेमा भएको सवारी दुर्घटनामा परि वाग्मति प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी जवान घाईते भएका छन ।
बर्दिबासबाट भिमानतर्फ आउँदै गरेको ना३६प१२६२ नं. को मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना५ख२९२ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार टेक बहादुर बुढाथोकी घाईते भएका हुन । उनी दुधौली नगरपालिका १० सिन्धुलीका बासिन्दा हुन ।
उनको कम्मर मुनीको भाग र दुवै खुट्टामा गम्भिर चोट देखिएकाले जनसेवा हस्पिटल वर्दिबासमा सामान्य उपचार पछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमान्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए । उनका अनुसार घाइते बुढाथोकीको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।




















