सिन्धुली । सुनकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो हटाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको छ ।
नेकपामा विवाद सृजना भई प्रधानमन्त्रीले संसद विघटन गरेपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रधानमन्त्री ओलीको फोटो हटाएका हुन । उनीहरुको कार्यकक्षमा यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको फोटो राखिएको थियो ।
गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल र उपाध्यक्ष दिर्वसिंह मोक्तानले प्रचण्डपथबाट राजनीति गरेर चुनाव जितेकाले प्रचण्डको फोटो समेत राखिएको बताएका थिए ।
तथापी अहिले प्रधानमन्त्री ओलीको फोटो हटाई प्रचण्डको फोटो मात्र राखिएको छ ।
सरकारले संसद विघटन गरेपछि ओलीको फोटो हटाई राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको छ । सरकारी कार्यालयमा राजनीतिक दलका नेताको फोटो राखिएको यो पहिलो पटक हो ।





















