सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले ५९१ जना जिल्ला सम्मेलन आयोजक कमिटिका सदस्यहरुलाई सोमवार सपथ ग्रहण गराएको छ । नेकपाका नेताहरुमा जिम्मेवारी बाँडेर सम्वन्धित स्थानीय तहमा नै कार्यक्रम गरी सपथ ग्रहण गराएको नेकपाका नेता शान्तिमान कार्कीले बताए ।
जिल्लामा उपलव्ध केन्द्रीय सदस्य र जिल्ला कमिटिका जिम्मेवार नेताहरुलाई जिम्मेवारी दिई सपथ ग्रहण गराइएको हो । सबैलाई एकै ठाउँमा ल्याई सपथ ग्रहण गराउदा धेरै भिडभाड हुने र आवतजावतमा समेत समस्या हुने भएकाले सबै स्थानीय तहमा पुगेर सपथ ग्रहण गराईएको नेकपाका सहइन्चार्ज उमादेवी कोइरालाले बताईन ।

सिन्धुलीको कमलामाई नगरपालिकामा केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज उमादेवी कोइराला, गोलञ्जोर गाउँपालिकामा केन्द्रीय सदस्य शंकरनाथ शर्मा, फिक्कल गाउँपालिकामा केन्द्रीय सदस्य शान्तीमान कार्की, तिनपाटन गाउँपालिकामा जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रदीप कटुवालले सपथ ग्रहण गराएका छन ।
यस्तै दुधौली नगरपालिकामा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारले सपथ ग्रहण गराएका छन । यस्तै सुनकोशी गाउँपालिकामा वाग्मति प्रदेश सदस्य कौशल कोइराला तथा भोजराज ढुंगेल, पूर्व जिविस सदस्य एवम् जिल्ला नेता रमेश कार्की लगाएतका नेताहरुले सपथ ग्रहण गराए । मरिण गाउँपालिकामा यस अघि नै सपथ ग्रहण कार्यक्रम सम्पन्न भई सकेको र दुई वटा स्थानीय तहमा सपथ ग्रहण बाँकी रहेको नेकपा सिन्धुलीले जनाएको छ ।
फिक्कलका भण्डारी ओली समुुहमा
नेकपा फिक्कलका अध्यक्ष रामप्रसाद भण्डारी सत्तारुढ नेकपा ओली समुुहमा आबद्ध भएका छन । सत्तारुढ नेकपा सिन्धुलीले फिक्कल गाउँपालिकाको खाङ्खसाङमा आयोजना गरेको सपथ ग्रहण कार्यक्रमको अध्यक्षता गर्दै ओली समुहको कार्यक्रममा समाबेश भएका हुन ।
यसैबीच नेकपा फिक्कल गाउँ संगठन कमिटीको सचिवमा होम प्रसाद पहाडी (सम्भुु) लाई मनोनयन गरेको छ । तत्कालिन सचिव मुुराहरी भण्डारीलाई कारबाहि गरेर पहाडीलाई चयन गरेको नेकपा फिक्कलले जनाएको छ ।
यस्तै फिक्कल गाउँपालिका ५ का शान्तीमान भुजेल सोहि वडाका तारा राना मगर र फिक्कल ३ खोलागाउँका चेतकुमारी पहाडी र हेमबहादुर लामा नेकपामा प्रवेश गरेका छन । नव प्रवेसी सबैलाई प्रमुुख अतिथी शान्तीमान कार्कीले अबिर र टिका लगाएर स्वागत गरेका थिए ।






















