सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा ९ जना संक्रमित थपिएका छन । २ दिन अघि पठाईएको स्वावमध्ये ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
जसमा ४ जना पुरुष र ५ जना महिला रहेको कार्यालयले जनाएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ३ सय २१ पुगेको छ । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार संक्रमित मध्ये २ सय ७० जना निको भएर घर फर्केका छन ।
शनिबार ४ जना डिस्चार्ज भएसँगै त्यो संख्या २ सय ७० पुगेको हो । ४० जनाले होम आइसोलेसनमा उपचार गराईरहेका छन भने ७ जना संस्थागत आइसोलेसनमा रहेका छन ।
यस्तै सिन्धुलीका तीन जनाको कोभिड १९ का कारण मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ जना पुरुष रहेका छन ।





















