सिन्धुली । सप्तरीको राजविराजबाट काठमाडौं लैजाँदै गरेको पटेका प्रहरीले बरामद गरि नष्ट गरेको छ । बुधबार चेकजाँचका क्रममा विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ४ हिरापानीबाट प्रहरीले पटका बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार १४ बन्डल विभिन्न ब्रान्डका पटका, गमला २० बट्टा, भुइचक्कर ५७ प्याकेट, झिरझिरे १ सय ५० प्याकेट, हाइड्रो चकलेट बम २० प्याकेट, आतिसबाजी फाइनल दुई प्याकेट बरामद भएको हो ।
छतमा झोलामा राखिएको पटका कसैले दाबी नगरेपछि बरामद गरि जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।





















