सिन्धुली । नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीले २७ औं विश्व शिक्षक दिवसमा कोभिड १९ सम्बन्धि जनचेतना मूलक कार्यक्रम गरेको छ ।

संगठनले सो अवसरमा बजारमा मास्क नलगाई हिड्ने व्यक्तिहरु, सवारी चालकहरु, व्यवसायीहरु तथा पैदल यात्रुलाई १ हजार ५ सय मास्क वितरण गरेको हो ।
कमलामाई नगरपालिकाको बसपार्क, स्टलबजार, तरकारी बजार, १ नं. बजार, गैरी बजार, २ नं. बजार लगाएतका भिडभाड हुने ठाउँमा मास्क वितरण गरिएको थियो । उक्त सचेतनामूलक कार्यक्रममा वाग्मति प्रदेश सभा सदस्यहरु राजन दाहाल, प्रदीप कटुवाल र विनोद खड्का, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, एसपी रञ्जु सिग्देल, शिक्षक संगठनका पदाधिकारीहरु, शिक्षकहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।























