• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, May 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोभिड १९ ले विकास निर्माणमा असहज भयो

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ४, २०७७
in Featured, Interview, Province 3
0

Share via:

324 Shares
  • Facebook 324
  • Twitter
  • LinkedIn
  • More
अर्जुन दर्जी प्रमुख प्रशासकीय अधिकृत गोलञ्जोर गाउँपालिका सिन्धुली

गोलञ्जोर गाउँपालिकाको गत वर्षको बजेट कति हो ?
– यस गाँउपालिकामा विनियोजन भएको बजेट ४६ करोड ४८ लाख ६७ हजार तिन सय छत्तिस रुपैया हो । खर्च ४४ करोड १६ लाख ७ हजार छ सय छव्वीस रुपैया भएको छ । विनियोजित बजेटको ८१ द्यशमलब ८५ प्रतिशत खर्च भएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट कति छ ?
– यस गाँउपालिकाको चालु आ.व. २०७७÷०७८ को सभाबाट पारित बजेट रु ४७ करोड ७६ लाख ९५ हजार १ सय ४२ रुपैया हो ।
पूँजीगत र चालु खर्चको अवस्था (आव २०७६÷०७७ मा) के छ ?
– चालु खर्च रु २९ करोड ७७ लाख ९३ हजार र पुँजीगत खर्च रु १४ करोड २३ लाख ७४ हजार छ सय छव्विस रुपैया भएको छ ।
गत वर्ष भएका महत्वपूर्ण विकास निर्माणका कामहरु के थिए ?
– गोलञ्जोर गाउँपालिकाले गत वर्ष गोलन्जोर डाँडोमा भ्यु टावर निर्माण, विभिन्न वडा स्तरीय ग्रामिण सडकहरु स्तरन्नोती, वडा नं ३ र वडा नं ६ मा लिफ्ट सिंचाई आयोजना, ग्वालटार मूल कुलो निर्माण, भालु भन्ज्याङ्ग राटमाटे खानेपानी आयोजना निर्माण, माथिल्लो भुवनेश्वरी खानेपानी आयोजना निर्माण,वडा नं ३ नमुना हरियाली कार्यक्रम र थलडाँडा भ्यु टावर सिडि निर्माण लगाएतका विकासका काम गरेको छ ।
गाउँपालिकाको बजेटको मुख्य श्रोत के हो ?
– संघिय सरकार र प्रदेश सरकारले उपलब्ध गराउने समानिकरण अनुदान, राजस्व वाँडफाँडको रकम र गाँउपालिकाको आन्तरिक श्रोत बजेटको प्रमुख श्रोत हुन ।
कर संकलनको अवस्था के छ ?
– कोभिड १९ ले गर्दा लकडाउनको अवस्था रहेता पनि गाउँपालिकाको राजश्व संकलन सन्तोष जनक रहेको छ । गाउँपालिकाले अनुमान गरेको राजश्वको सिमा नपुगे पनि राजश्व असुली भने उत्साहजनक नै देखिन्छ । सेवा प्रवाह देखि राजश्व संकलन पारदर्शी, जवाफदेहि अनुमान योग्य वनाई स्थानीय सरकारको काममा सुशासन प्रत्याभुत गराउन प्रयास भएको छ । गत वर्ष गाउँपालिकाले ३८ लाख ६३ हजार राजश्व संकलन गरेको छ ।
तपाईको गाउँ पालिकामा बेरुजु र बेरुजु फस्र्यौटको अवस्था के छ ?
– यो गाउँपालिकाको ३ वर्षको वेरुजु ५ करोड ९ लाख २४ हजार ४ सय ५२ रुपैंया रहेको छ । जसमध्ये गाउँपालिकाले ६० लाख ४२ हजार १७९ रुपैंया फस्र्यौट गरि सकेको छ । बाँकी वेरुजु फस्र्यौटका लागि प्रयास भईरहेको छ ।
बेरुजु फस्र्यौटमा तपाई (प्रमुख प्रशासकीय अधिकृत) लगाएत गाउँपालिकाको टिमले के भूमिका निभाउनु भएको छ ?
– संपरिक्षणको लागि कागजपत्र तयार गर्ने, सम्बन्धित पक्षलाई पत्राचार गर्ने लगायत बेरुजु फर्छौट संवेदनशिलताका अन्य कार्यहरु गरिरहेको छु ।
बजेट विनियोजन, स्वीकृति, खर्च प्रतिवेदन, वेरुजु फस्र्यौटको व्यवस्था एउटै पदाधिकारीबाट सम्पादन हुदा स्वार्थ बाझिनसक्ने अवस्था आउन नदिन के कस्तो कानुनी तथा संस्थागत व्यवस्था मिलाईएको छ ?
– संविधान र स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार बजेट बनाउने र स्वीकृत गर्ने कार्य यस गाँउपालिकाको जनप्रतिनिधीमुलक संस्था गाँउसभाले गरेको हुन्छ ।गाँउसभाले विनियोजन गरेको आधारमा गाँउपालिकाको प्रशासनिक संयन्त्रले उक्त बजेटको कार्यान्वयन तथा खर्च गर्ने गरेको हुन्छ साथै खर्चको प्रतिवेदन तयार गर्दछ । र कार्यान्वयनको क्रममा आएका बेरुजुको अवस्थालाई जनप्रतिनिधीहरुसँगको समन्वय र सहकार्यमा छलफल गरी फस्र्यौटको अबस्था तिर कदम चालिएको हुन्छ । कानुनी र संरचनागत आँफैमा भुमिका निर्धारण भइसकेको हुनाले थप कानुनी र संस्थागत व्यवस्था मिलाइरहनु पर्ने देखिदैन । खाली उक्त कार्यहरु प्रति संवेदनशिल भई कानुनको आधारमा कार्यान्वयनमा जोड दिइरहेका छौं ।
कोभिड १९ ले विकास निर्माण तथा बजेटमा के प्रभाव पारेको छ ?
– विश्वव्यापी माहामारीको रुपमा रहेको कोभिड १९ ले विश्व विकासमा असर पारिरहेको अवस्थामा गोलन्जोर गाँउपालिका अछुतो रहने अबस्था रहदैन । कोभिडका कारण सिर्जित लकडाउनका कारण विपद व्यवस्थापन गर्न र विकास निर्माणका कार्य गर्न असहज नै भयो । यद्यपी गोलन्जोर गाँउपालिकाले विनियोजित योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्न सफल भएको छ ।
कोभिड १९ नियन्त्रणमा गाउँपालिकामा के के काम भएका छन ?
– कोभिड १९ नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारी तहमा आवश्यक पर्दा खटिने टिम तयार गरी क्वारेन्टाइनको व्यवस्थापन, वाहिरबाट आउनेलाई क्वारेन्टाइनसम्म सुरक्षित लाने र राख्ने, पिसिआर परिक्षणका लागि स्वाव संकलन, क्वारेन्टाइन बसेर गएकाहरुलाई समुदायमा सम्मानजनक समायोजन सम्बन्धि कार्यहरु, कोभिड १९ लकडाउन सामाजिक दुरी लगायत स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका नीति नियमहरुको पालनाको लागि व्यापक प्रचार प्रसार तथा पछि आउन सक्ने समस्याहरुको समाधानका लागि तयारी लगाएतका काम भएका छन । लकडाउनको अवस्थामा असंगठित क्षेत्रका मजदुर तथा निम्न वर्गलाई राहत वितरणको समेत गाउँपालिकाले काम गरेको छ ।
कोभिड १९ नियन्त्रण तथा रोकथाममा हालसम्म कति बजेट खर्च भएको छ ? र श्रोत व्यवस्थापन कसरी गर्नु भएको छ ?
– कोभिड १९ नियन्त्रण र रोकथामसँग सम्बन्धित रहेर विपद कोषबाट असार मसान्तसम्म ७६ लाख ९४ हजार ६९ रुपैया खर्च भएको छ । प्रदेश मन्त्रालयले उपलब्ध गराएको रकम र गाँउपालिकाले वित्तिय समानिकरणबाट विनियोजन गरेको रकम यस कार्यमा खर्च भएको छ ।
कोभिड नियन्त्रणमा गाउँपालिकाको आगामी कार्य योजना के छ ?
– सामाजिक दुरी कायमको पालना तथा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका नीति नियम पालनामा जोड दिने तथा व्यापक प्रचार प्रसार गर्ने, संक्रमण हुनै नहुने अवस्था सृजना गर्ने र संक्रमण भएमा फैलिन नदिन सचेतना अपनाउने सम्बन्धमा तयारी रहेको छ । यस्तै विपद व्यवस्थापन कोषको सहि परिचालन तथा कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीहरु यथेष्ट मौजुदा अवस्था, व्यवस्थित र यथेष्ट क्वारेन्टाइन व्यवस्थापनको तयारी तथा माइन्ड सेटअप लगायत सार्वजनिक सेवा प्रवाह र सामुदायिक भिडजन्य कार्यहरुमा संवेदनशिलता अपनाइएको छ ।
कोभिड १९ नियन्त्रणमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरोकारवालासँगको सहकार्य कस्तो छ ?
– कोभिड १९ नियन्त्रणमा तिनै तहको सरकार र सरोकारबालाहरुको राम्रो समन्वय र सहकार्य भएको छ । विपद कोषको लागि बजेटको व्यवस्था विभिन्न नीति निर्देशन र परिपत्रहरु पिसिआर परिक्षणमा राम्रो समन्वय साथै तालिमको व्यवस्था आदि हुन भने विभिन्न संघ संस्थाहरुले कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीहरु सहयोग गर्नु भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

विभुषित हुनेमा स्रोह पत्रकार सहित पाँच सय चौरानब्बे जना, सिन्धुलीबाट दाहाल र थापा विभुषित हुदै

Next Post

आइसोलेसनलाई शिक्षकको सहयोग

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied