• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

संविधान दिवसमा मुसहरलाई घर, आवास नपाएर सडकमा बस्नुपर्ने अवस्था हुदैन : मुख्यमन्त्री पौडेल

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २, २०७७
in Featured, Province 3, Society
0

Share via:

53 Shares
  • Facebook 53
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली / जनता आवास कार्यक्रम मार्फत निर्माण भएको मुसहर वस्तीको शुक्रबार वाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले साँचो हस्तान्तरण गरेका छन । वाग्मति प्रदेश सरकारको लगानीमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको मुसहर बस्तीको साँचो मुख्य मन्त्री डोरमणी पौडेलले दुधौली नगरपालिकाका मेयर घनश्याम राउतलाई हस्तान्तरण गरेका हुन ।
दुधौली नगरपालिका ११ तल्लो पत्रिंगामा आयोजित मुसहर वस्तीको उद्घाटन तथा साँचो हस्तान्तरण कार्यक्रममा पौडेलले मेयर राउतलाई साँचो हस्तान्तरण गरेका हुन । उनले ३ सय ५५ मुसहर परिवारको साँचो हस्तान्तरण गरेका हुन ।

शुक्रबार दुधौली नगरपालिका वडा नं. ४ का ९ घर, ५ का ४ घर, ६ का २ घर, ७ का ३१ घर, ९ का १८१ घर, १० का ५० घर र ११ का ८० घरले नयाँ घर पाएका छन । उनीहरुले सिमेन्ट र ईटा जोडिएको २ कोठे घर पाएका हुन ।
उनीहरुको प्रति घर ३ लाख १६ हजार ७८ रुपैंया लागत परेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । हालसम्म मुसहरहरुको आवास निर्माणमा ११ करोड २२ लाख ७ हजार ६ सय ५१ रुपैंया बजेट खर्च भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
दुधौली नगरपालिका वडा नं. ११ को तल्लो पत्रिंगामा निर्माण गरिएको नमुना मुसहर वस्ती । उक्त बस्तीमा ४२ घर रहेका छन ।

दुधौली नगरपालिकामा ७ सय ५० घर निर्माण गर्नुपर्ने गरि पहिचान गरिएकोमा २ सय ९५ घरहरु निर्माणको प्रतिक्षा सूचिमा रहेका छन । प्रतिक्षा सूचिमा रहेका घरहरु निर्माणका लागि ८ करोड ४० लाख लगानी लाग्ने अनुमान गरिएको छ । यस्तै दुधौली नगरपालिका वडा नं. ९ लखिमामा र ७ को पोखरेमा एकीकृत मुसहर बस्ती निर्माण सञ्चालन गरिएको छ । जसका लागि सडक, डे«न, सामुदायिक भवन र स्वागत द्धार निर्माणका लागि ठेक्का प्रक्रिया भई काम सुचारु हुन थालेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेले बताए । उनका अनुसार कार्यालयले प्रदेश सरकारको बजेटमा तिनपाटन र दुधौली नगरपालिकामा गरि १२ सय २५ घर निर्माण गर्ने कार्ययोजना रहेको छ ।
सडकमा बस्नु पर्ने अवस्था हुदैन : मुख्यमन्त्री पौडेल
संविधान दिवसको अवसर पारेर शुक्रबार नमुना मुसहर वस्तीको नयाँ भवनहरु मुसहर समुदायलाई हस्तान्तरण गर्दै मुख्य मन्त्री पौडेलले नयाँ संविधानले दिएको देन र उपलब्धिका रुपमा मुसहर वस्तीको उद्घाटनलाई लिन आग्रह गरे ।
कार्यक्रममा सम्बोधन गर्दै उनले कमजोर आर्थिक अवस्था हुनेहरु, पिछडिएका वर्गहरु, सिमांकृत वर्गहरुले आवास नपाएर सडकमा बस्नुपर्ने अवस्था नहुने बताए । उनले भने, ‘कुनै पनि नेपालीहरु भोकै बस्नु पर्ने छैन, कुनै पनि नेपालीहरु सडकमा बस्न पर्ने छैन, छानो भित्र बस्न पाउनुपर्ने छ भन्ने अठोट र संकल्पको अभियानको अंशका रुपमा जनता आवास कार्यक्रम लागु गरिएको हो ।’ उनले नेपालको संविधानले पनि यहि कुरालाई महत्व राख्ने उदाहरणका रुपमा यो कार्यक्रमलाई लिन आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै उनले सरकारले समृद्धिको यात्रा सुरु गरेको र संमृद्ध नेपाल सुखी नेपालीको अभियानमा लागि रहेको बताए । उनले देशभित्र हजारौं वस्ती बसाल्नुपर्ने बताउँदै बस्ती निर्माणमा संघिय, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र प्रतिवद्धता रहेको बताए ।
उनले दुधौलीका ४ सय ९५ घर पनि निर्माण हुने र बनिसकेको बस्तीमा न्युनतम पूर्वाधारहरु शौचालय र खानेपानी तुरुन्तै निर्माण गरिने प्रतिवद्धता जनाएका छन । पौडेलले बाग्मति प्रदेशमा जनता आवास कार्यक्रम अन्तर्गत बनाइदै गरेका १३ सय घरमध्ये पहिलो चरणमा दुधौलीमै बस्ती हस्तान्तरण गरिएको र चालु आर्थिक वर्ष भरिमा ती सबै घर हस्तान्तरण हुने समेत बताए । उनले नयाँ वस्ती निर्माणका काम समेत सुरु हुने जानकारी गराए ।
यसैबीच दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले मुख्यमन्त्री समक्ष दुधौली नगरपालिकाका समस्या राखेका छन । उनले मुख्य सडकदेखि नगरपालिकाको केन्द्रसम्म जाने सडक कालोपत्रे गर्न, कमला तथा तावा खोला किनारका बस्ती तथा जमिन कटानको जोखिम कम गर्न बनाईएको एकीकृत योजनालाई गौरवको आयोजना बनाई बजेट विनियोजन गर्न, सामुहिक चक्लाबन्दी खेति क्षेत्रमा पर्यटन विकासका लागि होमस्टे लगाएतका व्यवस्थापन गर्न र जनता आवास कार्यक्रम अन्तर्गत भईरहेको बस्ती विकास क्षेत्रमा खानेपानी र शौचालय लगाएतका पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न माग गरेका छन ।
मेयर राउतले मुसहर समुदाय, आवासिय सुविधा दिने र भविष्यमा रोजगारी सृजना गर्ने योजना ७५० घर धुरी घर निर्माण गर्ने अभियान रहेको बताउँदै मुसहरपछि अन्य विपन्न वर्गको पनि गास वास कपास, शिक्षा स्वास्थ्य रोजगारीको ज्ञारेन्टी गर्नुपर्ने अवस्था रहेका भन्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा प्रहरीको उजुरी पेटिका

Next Post

महिलाका अधिकार कानुनमा सिमित : महिला नेतृत्व

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied