सिन्धुली । सिन्धुलीमा उपचाररत १६ जनाले एकैदिन कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन । ४ वर्षिय बालिका र ७ वर्षका बालक सहित १६ जनाले कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

हालसम्म सिन्धुलीमा २ हजार ५ सय ४१ जनाको स्वाव संकलन गरि परिक्षणमा पठाईएकोमा ६१ जना संक्रमित भेटिएका थिए । पिसिआर परिक्षणका लागि पठाईएका ७४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
संक्रमणमुक्त भएकाहरुलाई सिन्धुली अस्पतालले विदाई गरेको छ । उनीहरुलाई ससम्मान विदाई गरिएको अस्पतालले जनाएको छ ।





















