सिन्धुली । मरिण गाउँपालिका सिन्धुली र उक्त गाउँपालिकाका कर्मचारीले सिन्धुलीमाढीमा बन्दै गरेको आइसोलेसन भवनमा सहयोग गरेका छन ।
शनिबार मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले गाउँपालिकाको पाँच लाख पचास हजारको चेक आइसोलेसन निर्माण उपभोक्ता समितिका संयोजक अशोक श्रेष्ठलाई हस्तान्तरण गरेका छन ।
यस्तै मरिण गाउँपालिकाका १ सय ७ जना कर्मचारीले पनि आइसोलेसन निर्माणमा सहयोग गरेका छन । उनीहरुले स्वतः स्फुर्त कर्मचारीहरुले १ लाख १३ हजार ७१७ रुपैंया सहयोग गरेका हुन । कर्मचारीको तर्फबाट स्वतःस्फुर्त रुपमा संकलित रकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले हस्तान्तरण गरेका हुन । उनीहरुले नगद हस्तान्तरण गरेका हुन ।
Advertisement. Scroll to continue reading.
रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष पानीराज बम्जनले आइसोलेसन निर्माणमा रकम नपुगेमा पुनः सहयोग गर्न गाउँपालिका तयार रहेको बताए ।