सिन्धुली । कमलामाई नगरपालिकाका वडा अध्यक्षहरु त्था वडा सचिवहरुलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धि अभिमुखीकरण गरिएको छ । कमलामाई नगरपालिका सेवा इकाई सिन्धुलीको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सम्वन्धी अभिमुखिकरण तथा दर्ता प्रणाली सम्बन्धि तीन दिने प्रशिक्षण दिईएको हो ।
कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालको आतिथ्यतामा कमलामाई नगरपालिका अन्तर्गत १४ वटै वडाका वडा अध्यक्ष र वडा सचिवलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्वन्धी एक दिने अभिमुखिकरण र वडाका वडा सचिव र कम्प्यूटर अपरेटरहरुलाई २ दिने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रशिक्षण दिईएको हो ।
कार्यक्रममा सामाजिक विकास शाखाका शाखा प्रमुख सत्यदेवी अधिकारी, पन्जीकरण उपशाखाका प्रमुख इन्द्रिरा थापा, सूचना प्रविधि अधिकृत निर्मल लामा, सामाजिक विकास शाखाका वविन्द्रलाल माझी, एमआईएस अप्रेटर भानुभक्त श्रेष्ठ, अलिशा खत्री र फिल्ड सहायक रेवती राज देवकोटाले सहजिकरण गरेका थिए ।
अभिमुखीकरणमा व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई) कसरी गर्ने, आइपर्ने व्यवहारिक तथा शैद्धान्तिक समस्याहरु र ती समस्याहरुको निराकरण बारे सहजीकरण गरिएको थियो ।
त्यस्तै सामाजिक सुरक्षा सम्बन्धी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको पहिचान, तिनीहरुको दर्ता, बैङ्किक प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण, प्रतिवेदन, डिजिटाइजेशन, दर्ता सिविर जस्ता विषयमा जानकारी गराईएको थियो ।





















