सिन्धुली । सिन्धुलीमा कोभिड १९ संक्रमितको संख्या ६१ पुगेको छ । जिल्लाबाट पठाईएका २ हजार ४ सय ९० स्वाव मध्ये परिक्षण भएका २ हजार ४ सय ३८ नमुनामा ६१ ज्ना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
संक्रमित मध्ये हालसम्म ३२ जना कोरोना मुक्त भएर घर फर्केका छन । २५ जना सिन्धुलीमा उपचाररत छन । उपचारमा रहेका मध्ये १२ जना सिन्धुली अस्पताल र एपोलो अस्पतालमा उपचाररत छन । १२ जना होम आइसोलेसन र एक जना होटल आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
उनका अनुसार नेपाली सेनाका ४ जना संक्रमितलाई उपचारका लागि काठमान्डौ लगिएको छ । परिक्षणका लागि स्वाव संकलन गरि पठाईएका मध्ये ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
हाल संस्थागत क्वारेन्टाईनमा एक महिला र ११ जना पुरुष गरि १२ जना रहेका छन भने होम क्वारेन्टाईनमा रहनेको संख्या ३३ रहेको शाहले जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।




















